2026 April 24/ 09:13: 20am

बनेपा/एक्सप्रेस बचत तथा ऋण सहकारी संस्था लि.को तेह्रौ बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष देवसागर लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समिति उपसमितिहरुको उपस्थितिमा २०७८ भाद्र १७ गते देखि २३ गतेसम्म संस्थाको कार्यालयमा नै सामाजिक दूरी कायम गरि सदस्यहरुलाई बार्षिक प्रगति पुस्तिका उपलब्ध गराउँदै तथा अन्तरक्रिया गर्दै ७ दिनसम्मको अवधिसम्म १ हजार ६ सय ७ जना सदस्यहरुको सहभागितामा साधारण सभा सम्पन्न गरेको थियो । 
संस्थाले १२ औं वर्षलाई सफलतापूर्वक पार गरि १३ औं वर्षको यात्रामा प्रवेश गर्दै गर्दा सदस्यहरुको सद्भाव र विश्वास प्राप्त गरि संस्था २२.७२ करोडको सम्पत्ति तथा दायित्वमा पुग्न सफल भएको छ । संस्था संस्थागत लगायत अन्य कोष वृद्धिमा ४.९४ प्रतिशत पु¥याउन सफल भएको छ । बचत तथा ऋणमा १७.६६ करोड बराबरको कारोबार भएको छ भने कर्जा नोक्सानी ब्यबस्थामा जम्मा ऋण लगानीको ५% अर्थात ८८.३४ लाख बराबर ब्यबस्था गर्न सफल भएको छ । संस्थाले ५९ लाख २७ हजार बचत गर्न सफल भएको छ । संस्थाको अन्य करहरु बाहेक नाफाबाट मात्र करमा योगदान ३.०४ लाख बराबरको रहनेछ । कारोना भाईरसको प्रतिकुल परिस्थितिमा पनि संस्थाले सदस्यहरुको लागि प्रवाह गर्न सकेको सेवा सुविधा र सदस्यहरुले पनि संस्था प्रति देखाउनु भएको माया र विश्वास अतुलनीय रहेको छ । वित्तिय सेवाको साथमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा पनि सदस्यहरुको लागि संस्थाले स्थानीय स्त्तरमा सबल एवं सहज सहकारी संस्थाको रुपमा परिचय बनाएको कुरा संस्थाका प्रमुख कार्यकारी अधिकृत अरुण थापाले बताए ।