बनेपा/क्रियटिभ बचत तथा ऋण सहकारी संस्थाले आफ्नो एघारौं वाषर््िाक साधारण सभाको अबसरमा ६५ बर्ष देखि ९१ वर्ष सम्मका जेष्ठ सदस्यहरुलाई सम्मान गरेको छ ।
कार्यक्रममा जेष्ठ सदस्य हरिभक्त भोछिभोया, गौरीशंकर मानन्धर, दिपकशर्मा तिमल्सिना, छलमाया तौजले, सुभद्रा ताम्राकार लगायतलाई सम्मान गरिएको थियो । साधारण सभा कार्यक्रममा संस्थाकी अध्यक्ष कमला श्रेष्ठ, सचिव सनी मानन्धर, सदस्य रेणु थापा तथा संस्थाका सल्लाहकार र कर्मचारीहरुले जेष्ठ सदस्यहरुलाई स्वागत गर्नु भएको थियो । सम्मान कार्यक्रममा जेष्ठ सदस्यहरुलाई सम्मानपत्र, खादा, मायाको चिनो तथा उपहार प्रदान गरिएको थियो । उक्त कार्यक्रममा सम्मानित जेष्ठ सदस्यहरुले क्रियटिभ सहकारीको उक्त कार्यक्रमले भावी पिँढीहरुलाई समेत शिक्षा प्रदान गरेको बताएका थिए । संस्थाले विगतका वर्षहरुमा समेत जेष्ठ सदस्यहरुलाई सम्मान गर्दै आई रहेको छ ।









