2026 April 24/ 07:28: 44am

बनेपा/मण्डनदेउपुर नगरपालिका वडा नम्वर ११ जैसीथोकका १६ जना युवाहरुले एमालेकै रहेको विज्ञप्ती प्रकाशन गरेका छन् । मंगलबार एमाले पार्टी कार्यालयमा उपस्थित भई लिखित हस्ताक्षर सहितको तस्विर खिचाएका छन् । 
    जैसीथोक घर भएका कृष्ण लामा, तिलक तामाङ, सत्यमान तामाङ, गणेश लामा, राजु तामाङ, किरण थापा, हर्क तामाङ, प्रेमबहादुर तामाङ, सन्तबहादुर तामाङ, कालुमान तामाङ, रामबहादुर तामाङ, टलक लामा, कमल तामाङ, सरोज तामाङ, नारायण लामा र धनबहादुर तामाङ रहेका छन् । एमालेमा रहेका युवाहरुले भदौ २७ गते नेपाली कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेको घोषणा गरेका छन् । नेकपा एमालेका केन्द्रिय सदस्य एवं पुर्व मन्त्री काभ्रे जिल्ला इन्चार्ज गोकुल बास्कोटाल युवाहरुलाई भदौ २७ गते निवासमै एमाले प्रवेश गराएका थिए । 
    युवाहरु एमालेमा प्रवेश गरिसकेपछि नेपाली काँग्रेसका कार्यकर्ताहरुले धम्कि तथा डर देखाई जर्बजस्ति अपहरणको शैलीमा हस्ताक्षर गर्न बाध्य पारेको घटनाप्रति आपत्ति रहेको बताएका छन् । ब्यक्तिको राजनीतिक स्वतन्त्रतालाई चुनौती नदिन नेपाली काँग्रेसलाई युवाहरुले चेतावनी दिएका छन् । भदौ २७ गते देखि एमालेमा प्रवेश गरेकाले भ्रममा नपर्न युवाहरुले सबैमा अपिल गरेका छन् ।