जिल्लाको पहिलो बालमैत्री नगर धुलिखेल, दोश्रो नगर पनौती तथा अन्य पालिकाहरुमा बाल दिवसको अवसरमा विविध कार्यक्रम आयोजना गरिएको छ । धुलिखेलमा आयोजित कार्यक्रममा नगर प्रमुख अशोक ब्याञ्जुले बालमैत्री नगर धुलिखेलमा रहेका बालबालिकहरुलाई अवसर तथा नीति निर्माणमा सहभागी गराएको बताउनु भयो । बालमैत्री पार्क निर्माण, बालबालिकाहरुलाई आवश्यक पर्ने खेलकूद सामाग्री, उनीहरुको सुरक्षा र अन्य अवसरका बारेमा नगरपालिकाले नीतिगत ब्यवस्था गरी उनिहरुकै सुझाव र सल्लाहमा कार्यक्रमहरु तय गरिरहेको बताउनु भयो ।
कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधिहरु, कर्मचारीहरु, बालबालिकाहरुको सक्रिय सहभागिता रहेको थियो । नगरपालिकाले नगर बाल सञ्जाल पुर्नगठन गरेको छ भने पदाधिकारीहरुलाई स्वागत र बधाई कार्यक्रम आयोजना गरेको थियो । अन्र्तक्रिया कार्यक्रममा नगरपालिकाले बालबालिकाहरुका लागि गर्ने कार्यक्रमका बारेमा जानकारी गराईएको थियो । पनौती, नमोबुद्ध लगायतका पालिकाहरुमा पनि बाल दिवसको अवसरमा विविध कार्यक्रम आयोजना गरिएको छ ।









