2026 April 24/ 08:43: 54am

    बनेपा/बनेपा आधारभुत विद्यालयको ६ कोठे पक्की भवनको शिल्यान्यास बनेपा नगरपालिका उप प्रमुख रेखा सापकोटा दाहालले गर्नु भएको छ । 
    राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन ईकाई शिक्षाको समन्वयमा हेल्फा नेपालको सहयोगमा ९७ लाखमा उक्त भवन निमार्ण गर्न लागिएको हो । भवनको शिल्यान्यास गर्दै उप प्रमुख दाहालले भवनसँगै विद्यालयको शिक्षामा गुणस्तर बढाउनु पर्ने बताउनु भयो । नगरले सबै सामुदायिक विद्यालयहरुलाई गुणस्तरमा कुनै कमी हुन नदिनका लागी मासिक बैठक, अनुगमन, शिक्षकहरुलाई तालिम प्रदान गरिएको बताउनु भयो । नगरमा रहेका सम्पुर्ण सामुदायीक विद्यालयहरुको भौतिक पुर्वाधार सम्पन्न भएकाले अब गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राख्नु पर्ने दाहालले बताउनु भयो । नगरले छात्राहरुलाई निःशुल्क सेनेटरी प्याड वितरण, कक्षा ५ सम्म निःशुल्क दिवा खाजाको समेत ब्यवस्था गरेको र नेपाल सरकारको १ विद्यालय १ नर्स अभियान अन्र्तगत नगरमा अहिले २ वटा विद्यालयमा उक्त सुविधा रहेको बताउनु भयो । शिल्यान्यास कार्यक्रममा बनेपा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बलराम अधिकारी, विद्यालयका प्रध्यानाध्यापक मिना कुमारी सेढाई, विद्यालय ब्यबस्थापन समिति अध्यक्ष पशुपति अवा लगायतको सहभागिता रहेको थियो ।