पनौती/नेपाल सरकार राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण विभागद्धारा राष्ट्रिय परिचयपत्र फाराम दर्ता तथा विवरण संकलन कार्य सम्पन्न भएको छ ।
भदौ १ गते देखी २७ गते सम्म सञ्चालन भएको उक्त कार्य गत सोमबार सम्पन्न भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । उक्त वडामा २ हजार ९ सय ६१ जनाले दर्ता फारम भरेको फिल्ड सहायक गीता तिमल्सिनाले जानकारी दिनु भयो । – विकुनारायण ताम्राकारबाट









