2026 April 24/ 08:44: 31am

    रोशी/भदौ २९ गते बालदिवसकै दिन जिल्लाको रोशी गाउँपालिका वडा नम्वर ९ कालो पुल नजिक ८ बर्षिय बालकलाई खोलाले बगाएको छ । 
    रोशी गाउँपालिका वडा नम्वर ५ मा बस्ने प्रकाश कुमार लामाको छोरा ८ बर्षिय अवि तामाङलाई बगाएको प्रहरीले जानकारी दिएको छ । उनि कक्षा ३ मा अध्ययन गर्दथे । अबि विद्यालयबाट घरतर्फ जाँदै गर्दा रोशी खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाई बेपत्ता भएको सूचना प्राप्त भएको थियो । गाउँपालिका वडा नम्वर ११ कालढुंगा स्थित खोलाको किनारामा मृत अवस्थामा फेला परेको थियो ।