धुलिखेल/अरनिको राजमार्ग स्थित बनेपा नगरपालिका स्थित साझा पेट्रोलपम्प अगाडि भक्तपुरबाट बनेपा आउँदै गरेको ट्रकमा श्रृजनानगरबाट बालिकालाई गन्तब्य पु-याई दिने बाहनामा सोहि ट्रकका चालक र सह चालकले जर्बजस्तिकरणी गरेका छन् । १३ बर्षीया बालिका राति १२.३० बजे भक्तपुरको श्रृजनानगर स्थित सडकखण्डमा पूर्व तर्फ जाने गाडी कुरिरहेकी थिईन् । उनलाई पु¥याई दिने भन्दै ट्रक चढाएका चालक र सह–चालकले राजमार्गको एकान्त स्थानमा मध्यराती पालैपालो जर्बजस्तिकरणी गरेका हुन् ।
प्रहरी प्रवक्ता डिएस्पी हरि खतिवडाका अनुसार चालक र सह–चालक जर्बजस्तिकरणी गरेसँगै बालिकालाई गन्तब्यसम्म नपु¥याई गाडी लिई भागेका थिए । २०७८ भदौ २६ गतेको उक्त घटनाको जानकारी प्रहरीले पाए लगत्तै ट्रक, ट्रकका चालक र सह चालकको खोजि गर्ने क्रममा २९ गते पक्राउ परेका हुन् । पीडित बालिकाले आफूलाई जबरजस्ती करणी भए पश्चात गन्तव्य तर्फ नगई पुनः भक्तपुर तर्फ साँझको समयमा एक्लै विक्षिप्त रुपमा हिडिरहेको अवस्थामा प्रहरी टोलीले फेला पारी सोधपुछ गरेको थियो । आफुलाई नम्बर नखुलेको ट्रक चालकले भक्तपुर नगरपालिका वडा नम्वर १ श्रृजनानगरबाट आफ्नो गन्तव्यसम्म सम्म पु¥र्याई दिन्छु भनि ट्रकमा राखी लगेकोमा काभ्रेपलाञ्चोक जिल्ला अरनिको राजमार्ग स्थित जनागालमा रहेको साझा पेट्रोल पम्प अगाडी गाडी रोकी सोही गाडी भित्र चालक र सह–चालक दुवै जना मिलि पालै पालो जबरजस्ती करणी गरेको बताएकी थिईन् । प्रहरीलाई उक्त जानकारी दिए लगत्तै प्रहरीले तत्काल पीडितलाई आफन्तको जिम्मा लगाई अनुसन्धान शुरु गरेको थियो ।
प्रहरीले तत्काल वारदात भएको भनिएको स्थानमा प्रहरी टोली पुगेर अनुसन्धान शुरु गर्दा सोही स्थानमा पीडितको कपडाहरु सहितको झोला र चप्पल फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको बिशेष अनुसन्धान टोलीले ईलाका प्रहरी कार्यालय बनेपाको सहयोगमा अनुसन्धान कार्य प्रारम्भ गरेको थियो । घटना घटाई वारदात स्थलबाट गाडी लिई चालक र सह–चालक सिन्धुली हुँदै झापा सम्म पुगेका थिए । नम्बर नखुलेको सवारी साधन पत्ता लगाउने उद्देश्यले प्रविधिक विश्लेषण गर्ने क्रममा प्रदेश २–०३–००१ ख १४८५ नम्बरको भाडाको ट्रक साँगाबाट बनेपा चोक आईपुग्न अत्याधिक समय लागेको देखिएकाले सो ट्रक उपर शंका लागि उक्त ट्रकलाई निगरानीमा राखिएको थियो । भदौ २८ गते प्रदेश २–०३–००१ ख १४८५ नम्बरको भाडाको ट्रक मोरङबाट वि.पि. राजमार्गको बाटो हुँदै काठमाण्डौ तर्फ आउँदै छ भन्ने सूचनाको आधारमा २९ गते साँझ ७ः१५ बजेको समयमा धलिखेल नगरपालिका वडा नम्वर ७ धुलिखेल चोक बाट ट्रक सहित जिल्ला झापा हल्दीबारी गाउँपालिका वडा नं. ०५ बस्ने वर्ष ३२ को चालक हर्कबहादुर बिश्वकर्मा र सह–चालक जिल्ला मोरङ उर्लाबारी नगरपालिका वडा नं. ०१ बस्ने वर्ष १८ को निदिप धिमाललाई नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान गरेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा पक्राउ परेकाहरुले घटना स्विकारेका छन् ।









