2026 April 24/ 08:35: 37am

    बनेपा/बनेपा नगरपालिकाको सहयोगमा र लायकु क्लबको आयोजनमा ३ महिने भलिबल प्रशिक्षण शुरु भएको छ । 
    बनेपाको लायकु चौरमा उक्त प्रशिक्षण कार्यक्रम शुरु भएको क्लबका अध्यक्ष विक्रम प्रजापतिले बताउनु भयो । प्रशिक्षणको शुरुवात नगरपालिका प्रमुख लक्ष्मी नरसिं बादेले क्लबका अध्यक्ष विक्रम प्रजापतिलाई बल हस्तान्तरण गरी शुरुवात गरिएको थियो । बादेले नगरका युवाहरुको चाहाना अनुसार उक्त प्रशिक्षण दिन लागीएको बताउनु भयो । खेलले मानिसहरुलाई स्वस्थ र अनुशासित, आत्मरक्षाका लागि समेत आवश्यक भएकाले सबै युवाहरुले अनिवार्य रुपमा कुनै पनि खेल खेल्न सुझाव दिनु भयो । नगरले सबै संघ संस्था मार्फत नगरका युवाहरुलाई प्रशिक्षित गर्नका लागि सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको थियो । 
कार्यक्रममा उप प्रमुख रेखा सापकोटा दाहाल, प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेती, क्लबका पदाधिकारीहरु लगायतको सहभागिता रहेको थियो । प्रशिक्षणमा ४० जना युवाहरुको सहभागिता रहेको जनाएको छ ।