2026 April 24/ 08:43: 22am

    पनौती/ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्थाको २२ औं वार्षिक साधारण सभा पनौती नगरपालिका प्रमुख भिम न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
    सभामा प्रमुख न्यौपानेले नगरपालिकाको नीति र ऐन अनुसार सहकारीहरु सञ्चालन गर्नु पर्ने बताउनु भयो । सहकारीहरुले प्रविधि अनुसारको सदस्यहरुलाई सेवा दिनुपर्ने र कोभिडले गरेको असरलाई समेत मध्यनजर गर्न आग्रह गर्नु भएको थियो । सहकारीहरु र नगरपालिका मिलि नगरबासीहरुलाई आत्मनिर्भर बनाउनु पर्ने बताउनु भयो । न्यौपानेले सहकारीहरुले आर्थिक कारोबार मात्र नगरी उत्पादन क्षेत्रमा समेत लगानी गर्न सुझाब दिनु भएको थियो । सदस्यहरुको आर्थिक सामाजिक, सास्कृतिक र ब्यबसायीक उन्नतिका लागी तालिम प्रदान गर्नु पर्ने न्यौपानेले बताउनु भयो । कार्यक्रममा संस्थाको वार्षिक प्रतिबेदन सचिब दिपक दाहालले र आर्थिक प्रतिबेदन पुर्णराम तुलाधर राख्नु भएको थियो भने लेखा तथा सुपरिबेक्षण समीतीको प्रतिबेदन संयोजक भिमसेन केसीले सभामा प्रस्तुत गर्नु भएको थियो । 
    संस्थाको आर्थिक वर्ष २०७७÷०७८ को शेयर पुजीं ६ करोड ९० लाख, ऋण लगानी ६१ करोड २८ लाख ४३ हजार, निक्षेप बचत ६१ करोड १७ लाख २८ हजार ८ सय रहेको जनाएको छ । संस्थाको मुख्य कार्यालय पनौतीमा रहेको र ७ वटा सेवा केन्द्र रहेका छन् । संस्थामा ११ हजार ६ सय ६२ सदस्य र ९ सय ७७ बाल बचतकर्ता रहेका छन् । कार्यक्रममा संस्थाका अध्यक्ष उद्धब सापकोटाले संस्थाले आधुनिक प्रविधी मार्फत सदस्यहरुलाई सदस्यहरुको चाहना अनुसारको सेवाहरु प्रदान गरी महामारीको अबस्थामा समेत कृषि उत्पादनमा ९.५५ प्रतिशत ज्योति कृषक सहारा ऋण र महामारी बाट सदस्यहरुको ब्यवसायमा परेको असरलाई पुनरुत्थान गर्नका लागी ९.९५ प्रतिशत पुनरुथान ऋण लगानी गरेको बताउनु भयो । सहकारीहरुमा भएको विकृतिहरुको अन्त गर्नका लागी सबै मिलि एकीकरण अभियान सञ्चालन गर्नु पर्ने बताउनु भयो । संस्थाले संस्थागत गतिविधि सुशासन नीत, बिधि र प्रविधिको प्रयोग गर्दै आएकोमा २०७६÷०७७ को बागमती प्रदेशको उत्कृष्ट साकोसको रुपमा सम्मान पाएको सापकोटाले बताउनु भयो । संस्थाले सामाजिक क्रिmयाकलापहरु गर्दै आएको सदस्यहरुलाई ऋण पशुबाली बिमा भुक्तानी, सहकारी साक्षरता, सदस्य स्वास्थ्य बीमा प्रर्वद्धन, सुचना प्रविधिको विकास लगायतका सुविधाहरु प्रदान गर्दै आएको प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालले वताउनु भयो । 
कार्यक्रममा पनौती नगरपालिका उप प्रमुख गिता बञ्जारा, नेफ्स्कुनका महासचिव जिवत्सराज खड्का, जिल्ला बचत सघंका प्रथम उपाध्यक्ष ईन्द्रप्रसाद अधिकारी लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा जेएमएस सहकारी अवार्ड २०७७ बाट राष्ट्रिय सहकारी बैकका अध्यक्ष के वि उप्रेती, संस्थामा आवद्ध भएका सदस्यहरु मध्ये विशिष्ट स्थानमा पुग्न सफल सदस्यलाई प्रदान गर्ने गरी स्थापित विशिष्ट सदस्य अवार्ड २०७७ बाट संस्थाका सदस्य एवं नेफ्स्कूनका व्यवसाय विभाग प्रमुख राधेश्याम श्रेष्ठ, उत्कृष्ट कर्मचारीमा विना श्रेष्ठ लगायत संस्थाका उत्कृष्ट ऋणी, बचतकर्ता, बालबचतकर्ता सहित ३९ जनालाई सम्मान समेत गरिएको थियो ।
    कार्यक्रम संस्थाका सचिव दिपक दाहालले सञ्चालन गर्नु भएको थियो भने सभापतित्व अध्यक्ष उद्धव सापकोटाले गर्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तब्य कान्छीमैया थापाले राख्नु भएको थियो ।