बनेपा/काभ्रेमा पहिलो पटक खेलकुदहरुको छाता संगठन नेपाल केनशिनकान कराँते संघ गठन भएको छ ।
उक्त संघको अध्यक्षमा कपिलदेव थापा उपाध्यक्ष रहदेब पोटे र विमल कुमार श्रेष्ठ, सचिब राजकुमार केसी, कोषाध्यक्ष सुदिपराज पाण्डे, सदस्यहरुमा दिपु अधिकारी, गोविन्द बुढाथोकी, रमेश हुमागाई,अमन पोटे, सुविता देउला र सुजिता श्रेष्ठ रहनु भएको छ । त्यसैगरी ब्रान्च चिफ नेपाल रहदेब पोटे, काभ्रे ब्रान्च चिफ तुुल्सीराम श्रेष्ठ महासचिब राजन खत्री रहनु भएको छ । संघ गठन पछि बेल्ट प्रमोशन टेष्ट सम्पन्न गरेको छ । बेल्ट प्रमोशन कार्यक्रममा बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिं बादेले खेलकुदको माध्यमबाट नगरको प्रतिष्ठा अभिबृद्धि गर्नका लागि नगरले सहयोग गर्ने बताउनु भयो । खेलाडीहरुका लागी बजेट नै विनियोजन गरेकाले सबै खेललाई समानुपातिक रुमा सञ्चालन गर्न आग्रह गर्नु भएको थियो । खेलले मानिसलाई अनुशासित, स्वस्थय बनाउने भएकाले प्रत्येक नागरिकहरुलाई खेलकुदको आवश्यक भएकाले नगरले खेलकुद संबन्धि संघ संस्थाहरुसँग सहकार्य गरी खेलकुदका कार्यक्रमहरु अगाडि बढाउने बताउनु भयो ।
कार्यक्रममा स्वागत मन्तब्य महासचिव राजन खत्रीले राख्नु भएको थियो । कार्यक्रममा शुभकामना मन्तव्य नेपाल केनशिनकान संघका केन्द्रीय अध्यक्ष दमन बस्नेत, बनेपा नगरपालिका ५ नम्बर वडा अध्यक्ष बलराम अधिकारी, समाज सेवी रत्नकुश रञ्जित, सागर कपाली लगायतका ब्यक्तिहरुले राख्नु भएको थियो । कार्यक्रममा विभिन्न चरणका खेलाडीहरुको बेल्ट प्रमोशन गरिएको थियो । कार्यक्रम संघका अध्यक्ष कपिलदेव थापाको सभापतित्वमा सम्पन्न भएको थियो









