बनेपा/डिष्ट्रिक्ट ३२५ ए २ नेपाल अन्तर्गत रहेका लायन्स क्लव अफ काभ्रे बनेपा, लायन्स क्लव अफ बनेपा सिटी, लायन्स क्लव अफ बनेपा माँ चण्डी, लियो क्लव अफ काभ्रे बनेपा, लियो क्लव अफ बनेपा र लियो क्लव अफ बनेपा सिटिको संयुक्त पदस्थापन र पूर्व डिष्ट्रिक्ट गभर्नररुको सम्मान शनिबार बनेपामा सम्पन्न भएको छ ।
लायव वर्ष २०२०÷२०२१ का अध्यक्ष सुशन राजवंशीको सभापतित्वमा भएको थियो भने कार्यक्रम पूर्व उद्योग राज्य मन्त्री कञ्चन चन्द्र बादे श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रमका विशेष अतिथी लायन्स क्लव अन्तर्राष्ट्रिय, डिष्ट्रिक्ट ३२५ ए २ नेपालका गभर्नर लायन केशव पाण्डेले लायन्स क्लवमा भर्खर मात्र आवद्ध भएका सदस्यहरुलाई लायन्स क्लवमा परिचय गराउनु भएको थियो गत वर्ष चार्टर्ड भएको लायन्स क्लव लायन्स क्लव अफ बनेपा सिटि र यस वर्ष मात्र चार्टर्ड भएको लायन्स क्लव अफ बनेपा माँ चण्डीका चार्टर्ड प्रेसिडेन्टहरुलाई लायन्स क्लव अन्तर्राष्ट्रियबाट प्राप्त चार्टर्ड सर्टिफिकेट हस्तान्तरण गर्नु भएको थियो ।
कार्यक्रममा डिष्ट्रिक्ट गर्भनरले छ वटै क्लवका लायन वर्ष २०२१÷२०२२ मा विभिन्न पदमा निर्वाचित लायनहरुलाई पदस्थापन समेत गराउन्भएको थियो । लायन वर्ष २०२०÷२०२१ का अध्यक्ष सुशन राजवंशीले लायव वर्ष २०२१÷२०२२ का अध्यक्ष सुरेश भक्त भोछिभोयालाई अध्यक्षको पदभार हस्तान्तरण पछाडी डिष्ट्रिक्टबाट पाल्नु भएका पूर्व डिष्ट्रिक्ट गभर्नरहरु लायन रुद्रहरी ज्ञवाली, लायन सुदर्शणधर प्रधानाङ्ग, लायन कयाम उदिन, लायन डा. सुशिला मल्ल, द्धितिय डिष्ट्रिक्ट गभर्नर लायन उत्तम झा, प्रथम डिष्ट्रिक्ट गभर्नर लायन दिनेश श्रेष्ठले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथीबाट समाजमा लायन्स क्लवले गरेका कामहरुको प्रशंसा गर्नु भएको थियो ।
कार्यक्रममा धन्यवाद ज्ञापन लायन पदमसुन्दर श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रमको संचालन लायन ईश्वर महाजु र लायन सुरज श्रेष्ठले संयुक्त रुपमा गर्नुभएको थियो ।









