कानपुर/नमोबुद्ध नगरपालिका ५ कानपुरमा रहेको कानपुर माध्यमिक विद्यालयको भवन गत भदौ १३ गतेको भारी वर्षका कारण जोेखिममा परेको छ ।
क्याम्पस र विद्यालयका दुवै भवन वर्षाको कारण जोखिममा परेको विद्यालय प्रशासनले जनाएको छ । लगातार वर्षा भएपछि उक्त विद्यालय नजिकै पहिरो गएको थियो । विद्यालयले विद्यालयको भवन जोगाउनका लागि सम्बन्धित निकायमा खबर गरेको छ । उक्त ठाउँमा तत्काल तार जाली वा अन्य विकल्प नगरिएमा भवनमा ठुलो क्षति हुने क्याम्पस प्रमुख सुदर्शन बडालले जानकारी दिनुभयो ।









