बनेपा/युवा बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो २५ औँ स्थापना दिवस मनाएको छ ।
संस्थाले स्थापना दिबस धुलिखेलस्थित मानव कल्याण समाज (सेवा घर) लाई आर्थिक रकम प्रदान गरी स्थापना दिवस मनाइएको संस्थाका अध्यक्ष उदयराम कायस्थले बताउनु भयो । संस्थाको वार्षिक उत्सब मनाउदा लाग्ने रकम बराबर रकम हस्तान्तरण गरिएको कायस्थले बताउनु भयो । सेवा घरललाई नगद सहित ६० जोर कपडा समेत प्रदान गरिएको थियो । अध्यक्ष कायस्थले संस्थालाई २५ औँ वर्षसम्म ल्याउनका लागि साथ दिनुहुने शेयर सदस्य तथा ज्ञात अज्ञात सबै पात्रलाई धन्यवाद समेत ज्ञापन गर्नु भएको थियो । सस्थाले विगतका वर्षहरुमा समेत सामाजिक उत्तरदायित्व अन्र्तगत आर्थिक अबस्था कमजोर भएकालाई सहयोग, रिक्सा वितरण, कृषि अन्र्तगत कृषकहरुको माटो परिक्षण, कृषि चुन वितरण, विभिन्न शिपमुलक तालिम प्रदान, नेतृत्व विकास तालिम, रक्तदान, स्वास्थ्य शिबिर लगाएतका थुर्पे सामाजिक काम गर्दे आएको प्रमुख ब्यबस्थापक निश्चल सापकोटाले वताउनु भयो । कोभिडका कारणले सदस्यहरुका लागी परेको समस्यमा संस्था सगै रहेको र सदस्यहरुलाई विभिन्न सेवा सुबिधा प्रदान गरेको सापकोटाले बताउनु भयो । कार्यक्रममा सचिव सरोज कुमार तिमल्सेनाले २५ वर्षको अवधिमा भोगेका आरोह अवरोहका बारेमा चर्चा गर्नुभएको थियो भने सञ्चालक समिति सदस्य देवकी आचार्यले संस्थालाई दीगो बनाउनका लागि सदस्यमैत्री बन्नुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा संस्थाका सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, उप समिति तथा कर्मचारीको उपस्थिति रहेको थियो । त्यसैगरी संस्थाका अध्यक्ष उदयराम। सोही अवसरमा मानव कल्याण समाज (सेवा घर) लाई ५०–६० थान पुनः प्रयोग योग्य कपडाहरू पनि वितरण गरिएको थियो ।









