2026 April 24/ 06:49: 40am

भक्तपुर/नेपालीमाझ लोकप्रिय बन्दै अनलाइन भुक्तानी अहिलेको समयमा विद्युतीय माध्यमबाट नगद भुक्तानी गर्ने कार्यको लोकप्रियता निकै चुलिएको छ । 
नगद साथमा लिएर हिंडनु पर्ने, सेवा शुल्क, कर इत्यादि तिर्न सम्बन्धित कार्यालयसम्म पुग्नुपर्ने र निकै बेरसम्म आफ्नो पालो कुर्नुपर्नेजस्ता असहजताको यसले अन्त्य गरेको छ । मोबाइल, ल्यापटप जस्ता विद्युतीय माध्यमको प्रयोग गरी आफु जहाँकहीं भए पनि सजिलै यस किसिमको भुक्तानी गर्न सकिन्छ । चाँगुनारायण नगरपालिकाका निवासी भगवान पाण्डे आफ्नो अनुभव सुनाउदै भन्छन् नेपाल विद्युत प्राधिकरणको भक्तपुर शाखामा विद्युत महशुल बुझाउन सामान्यत दश पन्ध्र मिनेट कुर्नु पर्दथ्यो । जरिवाना लाग्ने दिनकोे अघिल्लो दिन अत्यधिक चाप हुन्थ्यो । उक्त दिन मैले आधा घण्टा भन्दा बडी आफ्नो पालो कुरेको छु ।ु २०७७ सालमा लागु भएको देशव्यापी लकडाउन पश्चात भने विद्युतीय महशुल अनलाइन मार्फत नै गर्दै आएको र यसलाई नै निरन्तरता दिने पनि उनी बतांउछन् । अनलाइन भुक्तानीको सहजताबारे थप जोड दिदै उनी भन्छन् लकडाउनको समयमा प्राधिकारणमा धाउने कुरा सम्भव थिएन, तसर्थ अनलाइन भुक्तानी नै एक मात्र विकल्प थियो । पहिले यस बारेमा अनभिज्ञ थिएं तर प्रयोग गर्दै जाने क्रममा बुझ्न थालें कि अनलाइन भुक्तानी कति सहज र सुविधाजनक रहेछ । आगामी दिनहरुमा परिस्थिति सहज बन्दै गयो भने पनि अनलाइन भुक्तानीलाई नै निरन्तरता दिनछु ।  अर्की नगरबासी सोनिका पाण्डे पनि अनलाइन भुक्तानी सम्बन्धी आफ्नो अनुभव यसरी व्यक्त गर्छिन, कोरोनाको महामारी फैलिएपछि हिडडुल गर्न, किनमेलको निम्ति बजारसम्म पुग्न पनि असहज भयो । रिचार्ज कार्ड किन्ने जस्तो सामान्य कार्यको निम्ति पसलसम्म जानु निकै जोखिमपर्ण भयो । त्यसो हुनाले मोबाइल बैंकिङको प्रयोग गरी सुरु गरें । राम्रो जानकारी नभएको कारण सुरु सुरुमा केही कठिनाई त भयो नै तर प्रयोग गर्दै जांदा यसले निकै ठुलो सहयोग पु¥यायो । कोभिडको महामारी फैलिएको जोखिमपुर्ण समयमा अनलाइन भुक्तानीले असामान्य रुपमा परिस्थितिलाई सहजीकरण गराएको र निकै ठुलो सुविधा पु¥याको उनी बताउंछिन् । विद्युतीय माध्यमबाट हुने कारोबारको नियमन र अध्ययन गर्ने प्राधिकार नेपाल राष्ट्र बैंकको भुक्तानी पणाली विभागलाई प्राप्त छ । कुनै पनि संस्थालाई विद्युतीय भुक्तानी प्रदायकको रुपमा कार्य गर्न यसै विभागले अनुमती प्रदान गर्छ । उक्त विभागको पछिल्लो तथ्याड्ढ अनुसार आ.व.६०७७÷०७८ मा मोबाइल बैंकिङको प्रयोगकर्ताको संख्या एघार लाख भन्दा बढी रहेको छ । उक्त संख्या पछिल्लो आ.व. को तुलनामा ३५ प्रतिशतले बृद्धि भएको तथ्याड्ढले देखाउंछ । विद्युतीय माध्यमबाट हुने भुक्तानी बृद्धि गराउन देशव्यापी भएको लकडाउनले ठुलो भुमिका खेलेको छ । परिस्थितिमा यो निर्विकल्प रकम भुक्तानीको माध्यम भएको छ । विद्युतीय उपकरणको बड्दो प्रयोग, अनलाइन भुक्तानीमा हुने सहजता र समयको बचतजस्ता कारणले अनलाइन भुक्तानी आगामी दिनहरुमा नेपालीहरुको पहिलो रोजाइ बन्नेमा कुनै शंका छैन । विवेक पाण्डे