धुलिखेल/अटल पाँचकुण्ड बचत तथा ऋण सहकारी संस्था लि.का पाँचौ वार्षिक साधारण सभाबाट पुनः दिपक प्रसाद दाहालको अध्यक्षतामा नयाँ कार्यसमिती चयन भएको छ ।
जसको उपाध्यक्षमा कमलबहादुर राय, सचिव जयराम कुईकेल, कोषाध्यक्ष जनक तिमिल्सिना, र सदस्यहरुमा जिवनलाल तोलाङे, सुमित्रा तिमल्सिना, मनकुमारी दाहाल, रमेश खत्री, शिवप्रसाद पौडेल, जितबहादुर लामा, भरतबहादुर के.सी., राजाराम पराजुली, इन्दिरा कुईकेल, प्रकाश रिमाल, कृष्णसुन्दर थापा रहनु भएको छ । त्यसैगरी लेखा तथा सुपरिबेक्षण समितिको संयोजकमा बिष्णुप्रसाद शर्मा र सदस्यहरुमा राजेन्द्र तिमल्सिना र बिजुलीमाया श्रेष्ठ रहनु भएको छ ।
कोरोना भाइरसका कारणले विश्वभर फैलिरहेको महामारीले गर्दा सहकारी विभागको निर्देशन अनुसार सुरक्षाको मापदण्ड पुरा गर्दै साधारण सभा सम्पन्न गरिएको प्रमुख ब्यबस्थापक रामगोपाल घलेले जानकारी दिनुभयो । कार्यक्रममा संस्थाका सचिव बिष्णु शर्माले संस्थाले आ.व. २०७७÷०७८ मा गरेको कार्यक्रम तथा प्रगति विवरण पेश गर्दै ३ हजार ६८ सदस्य रहेको जानकारी दिनु भएको थियो । संस्थाका कोषाध्यक्ष जनक तिमल्सिनाले वित्तिय बिवरण पेश गर्दै शेयरपूँजी २ करोड ५२ लाख ८१ हजार ८ सय, निक्षेपतर्फ २२ अर्ब १५ करोड १९ लाख १९ हजार ६ सय ९३ र ऋण लगानी तर्फ १७ करोड ८९ लाख ९७ हजार र २७ करोड ६ लाख ३० हजारको वासलात रहेको जानकारी दिनु भएको थियो । कार्यक्रममा उत्कृष्ट बचतकर्ताहरुमा महिलातर्फ नानु कुईकेल के.सी, पुरुष बालमुकुन्द पराजुली, बाल बचतकर्ता रिभान पराजुली, ऋणी महिला राज्यलक्ष्मी कोजु, पुरुष ऋणी सुकल ढकाल, शेयर खरिद चम्फा दाहाल र उत्कृष्ट कारोवार लिला दमाईलाई दोसल्ला, मायाको चिनो र प्रशंसा पत्र सहित सम्मान गरिएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष दिपक प्रसाद दाहालको सभापतित्वमा सम्पन्न भएको थियो ।









