बनेपा/वीपी कोईराला लायन्स नेत्र अध्ययन केन्द्रले रेयुकाई एईको मासुनागा आँखा अस्पताल बनेपाका संस्थापक एवं सदस्य सचिव हिरामणी शर्मा तिमल्सिनालाई त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान डीन कार्यालयले गरेको ब्यवस्थापन अन्र्तगत गठन हुने अस्पताल ब्यवस्थापन समितिमा मनोनयन गरेको छ ।
ब्यवस्थापन समितिको सदस्य पदमा भदौ ३ गते मनोनयन गरिएको पत्र तिमल्सिनालाई दिईएको छ । दुई वर्षका लागि मनोनयन गरिएको बीपी कोईराला लायन्स नेत्र अध्ययन केन्द्रका कार्यकारी निर्देशक प्रा.डा. आनन्दकुमार शर्माले जानकारी दिनु भएको छ ।









