बनेपा/सनातन कन्या पुजा प्रबन्ध समिति बनेपाले हरेक वर्ष भाद्र कृष्ण अष्टमीका दिन दशौं हजार कन्याहरुलाई पुजिदै आएकोमा कोभिडका कारण यसवर्ष पनि कन्या पुजा स्थगित गरिएको जनाएको छ ।
गतवर्ष समेत कोभिड १९ का कारण स्थगित गरिएको कन्या पुजा यसवर्ष पनि स्थगित गर्नु परेको कन्या पुजा प्रबन्ध समितिका सचिव सुरकृष्ण बैद्यले बताउनु भयो । यसवर्षको कन्या पुजा भाद्र १४ गते परेको हुदाँ समसमा नै समितिले स्वास्थ्यको ख्याल गरी स्थगित गरेको जनाएको छ । कन्या पुजाको दिन १० औ हजार कन्याहरु जम्मा हुने, सयौं जना पुजा गरिने भक्तजन र अन्य ब्यबस्थापनका लागि सयौंजना जम्मा हुने भएकाले ठुलो भिड लाग्ने कारणले सुरक्षालाई मध्यनजर गर्दे स्थगित गरिएको बैद्यले बताउनु भयो ।









