2026 April 24/ 06:50: 41am

बनेपा/श्रीकृष्ण प्रणामी युवा परिषद् काभ्रे जिल्लाको १० औं अधिवेशन बनेपामा सम्पन्न भएको छ । 
केन्द्रिय अध्यक्ष नमराज ढकालको प्रमुख आतिथ्यता तथा युवा परिषद् काभ्रेका अध्यक्ष उद्धव प्रसाद तिमल्सिनाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा युवा परिषद्का केन्द्रिय निवर्तमान अध्यक्ष मातृका प्याकुरेल, महासचिव सुमन पुडासाइने, केन्द्रिय सदस्य एवं जिल्ला संयोजक पर्शुराम सापकोटा, उपत्यकाका ३ वटै जिल्लाका अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।
अधिवेशनले पुनः अध्यक्ष उद्धव प्रसाद तिमल्सिनाको नेतृत्वमा १० सदस्यीय कार्य समिति गठन गरेको छ । त्यसैगरी उपाध्यक्षमा प्रल्हाद बजगाँई, सचिवमा प्राणनाथ सापकोटा, सह–सचिवमा लक्ष्मी तिमल्सिना, कोषाध्यक्षमा नकुल तिमल्सिना चयन हुनु भएको छ । सदस्यहरुमा अर्जुन दाहाल, सुशान्त बजगाँई, पवन भुर्तेल, विष्णुहरी हुमागाँई, अम्बिका ढकाल, सन्तोष बजगाँई र मोहन मुकुन्द हुमागाँई रहनु भएको छ । कार्यक्रममा निर्वाचन मण्डलका संयोजक उद्धव प्रसाद नेपालले निर्वाचित पदाधिकारीहरुका बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रममा वार्षिक साधारण सभाको उपलक्ष्यमा गोपाल बस्नेतको छोरीको उपचारका लागि १८ हजार ३ सय ३० रुपैयाँ नगद दिने निर्णय भएको छ भने जिन्सी सामान, लत्ताकपडा, स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको थियो । यस्तै जिल्ला समिति काभ्रेका लागि होक्से प्रारम्भिक समितका अध्यक्ष सन्दिप थापाबाट मास्क, साबुन, स्यानीटाइजर गरी करिब ५० हजारको स्वास्थ्य सामाग्री प्राप्त भएको सह–सचिवमा लक्ष्मी तिमल्सिनाले जानकारी दिनुभयो । अधिवेशनको अवसर पारेर स्थापनाकालदेखी हालसम्म सहयोग पु¥याउने अध्यक्षलाई सम्मान समेत गरिएको अध्यक्ष उद्धब प्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।