2026 April 24/ 06:49: 40am

बनेपा/रोटरी क्लब अफ काभ्रे बनेपाको Guest Speaker Talk Program सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा डिस्टिृक्ट गभर्नर शशी सत्याल रहनु भएको थियो । बर्षको पहिलो कार्यक्रममा
guest speaker मा क्लबले सौन्दर्य कला ब्यवसायी संघ काभ्रेकी अध्यक्ष शोभा थापा नकर्र्मीलाई निमन्त्रणा गरेको थियो । नकर्मीले आफ्नो प्रस्तुतीसँगै आफ्ना जीवनका भोगाई, ब्यवसायिक सफलता र पारिवारिक जिम्मेवारी बाल्य अवस्थामा गरिएका निर्णय र गल्तीले जीवनमा आउने संघर्ष लगायतका कुरालाई कलात्मक रुपले प्रस्तुत गर्दै पारिवारिक जीवनमा रहेका महिला पुरुष र युवाहरुलाई अत्यन्तै मार्मिक र ब्यवहारिक सन्देश दिनुभएको थियो । 
कार्यक्रममा ६ वटा विभिन्न संस्थाहरुको उपस्थिति रहेको थियो । कार्यक्रम अगष्ट २० का दिन Zoom मार्फत अनलाइन Webinar भएको रोटरी क्लब अफ काभ्रेकी अध्यक्ष रुकमणी सिग्देल तिमल्सिनाले बताउनु भयो ।