बनेपा/रोटरी क्लब अफ काभ्रे भ्यालीले क्लवका सदस्यहरु बीचको सम्वन्धलाई मैत्रीपूर्ण बनाउन बनेपामा फुटसल आयोजना गरेको छ । मैत्रीपूर्ण फुटसल कार्यक्रममा क्लवका सदस्यहरुलाई रातो र नीलो समुहमा विभाजन गरिएको थियो ।
दुई समुहको प्रतिस्पर्धामा रातो समुहलाई निलो समुहले ९ का विरुद्ध १२ गोलले पराजित गरेको थियो । क्लवमा आवद्ध सदस्यहरु मध्ये दुई समुहमा विभाजन भई प्रतिस्पर्धामा भाग लिएका थिए । विजयी सदस्यहरुको समुहलाई धुलिखेल रोटरी क्लबका कार्यक्रम संयोजक अशोक श्रेष्ठले शिल्ड प्रमाणपत्र र मेडल प्रदान गर्नु भएको थियो । क्लवका अध्यक्ष अनुपकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लवका पदाधिकारी तथा अन्य सदस्यहरुको सक्रिय सहभागिता रहेको थियो । भर्खरै स्थापना भएको रोटरी क्लव अफ काभ्रे भ्यालीले विभिन्न स्थानमा गो ग्रिन अभियान सञ्चालन गरेको छ भने कोभिड भाईरस नियन्त्रणका लागि ‘मास्क अफ क्याम्पिएन’ सञ्चालन गरेको थियो । सामाजिक अभियानमा सक्रिय क्लवले समुदायका विभिन्न कार्यक्रममा सहभागिता जनाउँदै आएको छ ।









