2026 April 24/ 06:48: 51am

बनेपा नगरपालिका बालमैत्री घोषणा हुँदै
    बनेपा/बनेपा नगरपालिकाको आयोजनामा जनप्रतिनिधि तथा सरोकारवालाहरूका लागी बालमैत्री स्थानीय शासन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । 
    कार्यक्रमको अध्यक्षता नगर प्रमुख लक्ष्मी नरसिंह बादेले गर्नु भएको थियो । बादेले भौतिक विकास सँगै नगरले सामाजिक उत्तर दायित्व अन्र्तगत कार्यहरु पनि गरिरहेको जानकारी दिनु भयो । नगरपालिकाले आदिबासी जनजाती, दलित, महिला लक्षित, र बालबालिकाको क्षेत्रमा समेत बजेट विनियोजित गरि काम गरेको बताउनु भयो । नगरले गत बर्षबाट बाबुआमा बिहिन बालबालिकाहरुलाई मासिक भत्ता र उच्च शिक्षासम्म जिम्मेवारी लिएको बताउनु भयो । नगरलाई चैत्रसम्म बालमैत्री नगर घोषणा गर्ने तयारीका साथ कार्य गरेको र असोज महिनामा ४ वटा वडालाई बालमैत्री घोषणको तयारी गरिएको बादेले वताउनु भयो । कार्यक्रममा उप प्रमुख रेखा सापकोटा दाहाल, प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेती, वडा अध्यक्षहरू,कार्यपालिका सदस्यीयहरू, ईलाका प्रहरी कार्यालय बनेपा प्रमुख राजन कोईराला, शाखा अधिकृतहरू, बाल क्लबका प्रतिनिधी लगायत सरोकारवाला ब्यत्तिहरूको सहभागिता रहेको थियो । 
    कार्यक्रममा नेपाल सरकारका पुर्व सचिव रेश्मिराज पाण्डेले बालबालिकाहरुको हक अधिकार, कानुन र बालबालिकाहरु प्रति समाजमा भैईरहेका दुब्र्यबबहार रोकथाम सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । नगरपालिकाले होटल, ग्यारेज जस्ता ठाँउमा बालशोषण हुने भएकाले त्यस तर्फ ध्यान दिई त्यस्ता भएमा तत्काल कार्वाही गर्नु पर्ने बताउनु भयो । बालबालिकामा लगानी गर्दा पछिको भविश्य राम्रो हुने भएकाले उनिहरुको भविश्य उज्वल बनाउन सबै लाग्नु पर्ने पाण्डेले बताउनु भयो । त्यसै गरी अन्र्तक्रिया कार्यक्रममा सहजकर्ता हरिबोल आचार्य, सृर्जनशिल समाजका कार्यक्रम अधिकृत हरिशचन्द्र घिमिरे लगायतले सहजीकरण गर्नु भएको थियो । 

अपांगता भएका ब्यक्तिहरूलाई सहायक सामाग्री
बनेपा/बनेपा नगरपालिका क्षेत्र भित्रका अपांगता भएका ‘क’ वर्गका ब्यक्तिहरूलाई सहायक सामाग्री उपलब्ध गराईएको छ । उपप्रमुख रेखा सापकोटा दाहालले अपाड्डता भएका ब्यक्ति र परिवारलाई उक्त सामाग्री हस्तान्तरण गर्नु भएको थियो । 
उपप्रमुख दाहालले नगरपालिका हरेक क्षेत्रको अभिभावक भएकाले सबै क्षेत्रका ब्यक्तिहरुको हक र हितमा काम गर्दै आएको बताउनु भयो । अभिभावक विहिन बालबालीका संरक्षण देखी भौतिक विकास, विभिन्न तालिम प्रदान गरि आत्मनिरर्भर आर्थिक क्षेत्रमा सक्षम बनाउन लागेको बताउनु भयो । चार वर्षको अवधीमा महिला, अपाड्डता, बालबालिका, यूवा, जेष्ठ नागरिकहरुका लागी कार्ययोजना नै बनाई कार्य गरेको दाहालले बताउनु भयो । नगरवासीहरुलाई दाहालले नगरले कस्ता खालका कार्यक्रमहरु ल्याउनु पर्छ सुझाब दिन आग्रह गर्नु भयो । कार्यक्रममा नगरमा ८४ जना ‘क’ वर्गका अपांगता भएका ब्यत्ति रहेको महिला तथा बालबालिका शाखा अधिकृत विजया सुवेदीले वताउनु भयो । सुवेदिले नगरले प्रत्येक महिनाको ६ गते अपाड्डता परिचय पत्र वितरण गर्ने भएकाले कोहि छुट्नु भएको छ भने वडा कार्यलयमा सम्पर्क राख्न समेत आग्रह गर्नु भएको थियो । अपाड्डता भएकाहरुलाई ह्वील चियर, सिरक, कम्मोड मेच, हट वाटर, हर्लिक्स लगाएतका सामाग्री बितरण गरेको महिला तथा बालबालिका शाखा निरिक्षिक निर्मला कार्कीले बताउनु भयो । बितरण कार्यक्रममा ८ नम्बर वडा अध्यक्ष दानबहादुर मानन्धर वडा सदस्य लिला थापा लगायतको सहभागिता रहेको थियो । 

तीन महिने आधारभुत ब्युटिसियन तालिम 
बनेपा/बनेपा नगरपालिकाको आयोजना र कट्स एण्ड केयर ब्युटिपार्लर ट्रेनिङ सेन्टरको सहकार्यमा ३ महिने आधारभुत ब्युटिसियन तालिम सम्पन्न भएको छ । 
तालिमको समापन बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिं बादेले एक कार्यक्रमका बिच गर्नु भएको थियो । बादेले तालिम लिने महिला दिदिबहिनीहरुलाई तालिम लिएर त्यसै नछाड्न आग्रह गर्नु भएको थियो । ‘तपाईहरुलाई आधरभुत तालिमले पुग्दैन भने एडभान्स तालिम प्रदान गर्ने छौ तर तालिमलाई प्रयोगमा ल्याउन अनुरोध गर्दछु’–बादेले भन्नु भयो । बादेले नगरपालिकाको उदेश्य भनेको नगरबासीहरुलाई सिप सिकाई आत्मनिर्भर आर्थिक उपार्जन गर्ने भएकालाई आफ्नो पढाई सगै सिपलाई प्रयोग गर्न आग्रह गर्नु भएको थियो । नगरले महिला दिदिबहिनीहरुका लागी अचार बनाउने, साबुन बनाउने, मिठाई, सिलाई बुनाई, कौशिखेती जस्ता तालिम प्रदान गरेकाले उक्त तालिमहरुमा बाँकी महिला दिदिबहिनीहरुलाई समेत सहभागि हुन आग्रह गर्नु भएको थियो । कार्यक्रममा उप प्रमुख रेखा सापकोटा दाहाल, महिला बालबालिका शाखा अधिकृत बिजया सुवेदी, सामाजिक विकास अधिकृत चिरन्जिवी अर्याल लगायतको सहभागिता रहेको थियो । तालिममा प्रशिक्षण कट्स एण्ड केयर ब्युटिपार्लर ट्रेनिङ सेन्टरकी निर्देशक सुमित्रा बादेले गर्नु भएको थियो भने तालिम बैशाख १२ देखी साउन १०  सम्म सञ्चालन भएको थियो । तालिममा २० जना महिलाहरुको सहभागिता रहेको थियो ।