2026 April 24/ 05:43: 56am

लामो समय देखी अस्ट्रेलियाको मेल्बर्न शहरमा बस्दै आउनु भएकी अन्जु अधिकारीले यस बर्षको हरितालिका तीजलाई मध्यनजर गर्दै आफ्नै शब्दमा नाचौ साथी हो... बोलको नयाँ तीज गीत बजारमा ल्याएको छ । गीतलाई चर्चित गायिका मेलिना राईले मिठो स्वर दिनु भयको छ भने उहाँ आफै गीतमा प्रमुख कलाकारको भुमिकामा अभिनय समेत गर्नुभएको छ । उक्त गीत बिन्ध्यवासिनी म्युजिक कम्पनीको युट्युब मार्फत सार्वजनिक गरेको छ । 
आफ्नो मातृभूमिलाई छोडेर परदेशी हुनुको पीडा र परदेश पुगेर पनि त्यहाँ हुने विभिन्न आरोह अवरोह बीचको शङ्घर्षलाई गीतले प्रस्ट पारेको छ । आफ्नो देशको कला र संस्कृतिलाई जोगाई राख्नुपर्दछ भन्ने सकारात्मक सोच बोकेर अगाडि बढिरहनु भएकी अन्जु अधिकारी अस्ट्रेलियामा बस्ने दिदीबहिनीहरूले मिलेर खोल्नु भएको दिदीबहिनी समाज भिक्टोरिया संस्थामा आबद्ध रहेर बिभिन्न सामाजकी कामहरू निरन्तर क्रियाशील हुनुहुन्छ । यसै बर्षको अन्तिम सम्ममा उहाँको अर्को नयाँ आधुनिक गीत पनि बजारमा आउँने तयारीमा रहेको अधिकारीले बताउनु भयो ।