2026 April 24/ 05:44: 12am

    बनेपा/नेकपा एमाले निकट भातृ संगठनहरुले सरकारले ल्याएको अध्यादेश विरुद्ध प्रर्दशन गरेका छन् । युवा तथा विद्यार्थीहरुले प्रर्दशन गरी तत्काल अध्यादेश खारेज गर्न माग गरेको छ । 
    बनेपामा आयोजित विरोध प्रर्दशनमा युवा र विद्यार्थीहरु सहभागि थिए । बनेपाको चार दोवाटोबाट शुरु भएको विरोध ¥याली नालादोबाटो हुँदै पुनः चारदोबाटो चोकमा आएर कोण सभामा परिणत भएको थियो । सभामा युवा संघ अध्यक्ष विक्रम चौलागाईले अध्यादेश खारेज गर्न सरकारलाई माग गरे । विगतमा केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेश ल्याउँदा विरोध गर्ने दलहरुले नै अहिले अध्यादेश ल्याएर दल फुटाएको अध्यक्ष चौलागाईले बताए । विरोध सभामा विद्यार्थी अध्यक्ष गोविन्द उप्रेतिले निर्वाचनमा जान डराएका दलहरुले अध्यादेश ल्याएर मुलुकलाई अस्थिरता तर्फ धकेलेको बताए ।