2026 April 24/ 05:44: 10am

बनेपा/बनेपा नगरपालिकामा किशोरीहरूसँग उपमेयर कार्यक्रम अन्तर्गत किशोरी समहुहरूमाझ १ दिने  अन्तरक्रिया कार्यक्रममा सम्पन्न भएको छ । अन्र्तक्रिया कार्यक्रममा किशोरीहरुले उपमेयर रेखा सापकोटा दाहाल सँग प्रश्नको वर्षा गरेका थिए । 
उनिहरुले नगरले सबै क्षेत्रलाई बजेट बिनियोजिन गर्ने, तर हाम्रो किशोरी समुहलाई किन नगरेको ? नगरमा जननिर्वाचित भएपछि हामी लक्षित कति कार्यक्रम भए ? बलात्कारका घटना घट्ने भन्दा झन् आफ्नै बाट बढिरहेकाले नगरको योजना के छ ? किशोरीहरुका लागी कस्ता–कस्ता तालिमहरु सञ्चालन भएका छन् ? जस्ता दर्जनौं प्रश्नहरु गरेका थिए । उनिहरुको प्रश्नको जवाफ दिदै नगरपालिका उपप्रमुख रेखा सापकोटा दाहालले नगरमा ७ वटा किशोरी समूह गठन गरिएको र उक्त समुहमा २५ जनाका दरले १७५ जना किशोरी आबद्व रहेका र बाँकी वडामा छिट्टै गठन गर्ने बताउनु भयो ।   
  किशोरीहरूले आफ्नो समस्या, समुहमा परेका समस्याहरू र नगरपालिकाले किशोरीहरूका लागि गर्नुपर्ने नेतृत्व विकास, क्षमता अभिबृद्धि, प्याड बनाउने तालिम, किशोरीहरूमा हुने यौन हिंसा बिरूद्धका लागि आत्मरक्षा तालिम, हिंसा रोकथाम पोष्टर, प्रचार प्रसाार गरिएको दाहालले बताउनु भयो । नगरले किशोरीहरुका लागि नगरले बजेट बिनियोजन गरेको र लक्षित समुहलाई समेटी कार्यक्रम गर्ने, सबै वडामा किशोरी समूह गठन गर्ने र किशोरीहरुको माग बमोजिम विभिन्न तालिमहरू प्रदान गर्ने तथा नगरलाई चाँडै किशोरी मैत्री नगर घोषणा गर्ने दाहालले बताउनु भयो । अन्र्तक्रिया पछि किशोरीहरुले नगरपालिकालाई धन्यवाद दिएका थिए । किशोरीहरुको कुरा सुनिदिएको र बजेट विनियोजन गरी हामी लक्षित कार्यक्रम सञ्चालन भएको आगामी दिनमा समेत किशोरीहरुलाई अन्धविश्वास र कुरीति हटाउन सडक नाटक, बक्तृत्वकला जस्ता कार्यक्रम गर्न आग्रह गरेका थिए । 
कार्यक्रममा महिला शाखा निरीक्षक निर्मला कार्की कार्यपालिका सदस्य र वडा सदस्य लगायतको सहभागिता रहेको थियो ।