बनेपा/विशेषगरी नेवार समुदायका बौद्ध धर्मावलम्बीहरुले मनाउने गरेको गुँला धर्म पर्व बनेपामा शुरु भएको छ । कोरोना महामारीका कारण गत वर्ष रोकिएको पर्व यसपालि सञ्चालन गरिएको हो ।
हिनयान, महायन र बज्रयान तीनै समुदायका बौद्ध अनुयायीले भगबान बुद्ध प्रतिको आस्था प्रकट गर्दै एक महिना सम्म गुँला पर्व मनाउदै आएका छन् । श्रावण शुक्ल प्रतिपदा देखी भाद्र शुक्ल प्रतिपदा सम्म मनाईने पर्वमा बौद्ध धर्मको भक्तिभाव झल्काउने कृयाकलाप गर्दै आएका छन् । बनेपा नगरपालिका वडा नं ७ का वडा अध्यक्ष बर्ण शाक्यका अनुसार शाक्य मुनि गौतम बुद्धले बुद्धत्व प्राप्त गरेको पवित्र महिनाको रुपमा यो एक महिनाको अवधिलाई लिने गरिन्छ । शाक्यका अनुसार गुँला पर्वमा बौद्ध स्तुपा, चण्डेश्वरी, मठमन्दिर, गुम्बा आदिमा परिक्रमा गर्दे बुद्ध भगवानको ध्यान गर्ने परम्परा रहेको बताए । परम्परागत संस्कृतीको संरक्षण गरी दिनँहु बिहान स्नान गरी बजागाजा सहित सम्पुर्ण तिर्थ स्थलको परिक्रमा गर्ने चलन रहेको शाक्यले जानकारी दिए । उक्त पर्वमा प्रयोग हुने बाजाको संरक्षण दिपंकर चुडाकर्म सघंले गर्दै आएको छ ।
त्यसैगरी नेवारी भाषमा ‘गुँ’को अर्थ नौ हो भने ‘ला’ को अर्थ महिना अर्थात ‘गुँ’को अर्थ जगंल र ‘ला’ को अर्थ बाटो भएकाले नेपाल सम्वत्को नवौं महिनाको पारु तिथिमा यो पर्व मनाउने गरिएको छ । यो महिनामा बाढी पहिरो जस्ता प्राकृतिक प्रकोप बढि हुने हुनाले क्षति कम होस् भन्नाका लागी पनि यो पर्व मनाउँदै आएको किम्वदन्ती रहेको छ । हरेक बिहान ‘गुँला’ बाजा बजाउँदै मठ मन्दिर परिक्रमा गरेर पर्व शुरु गरिदै आएको छ । सिठः नखका दिन थन्काईएको बाजालाई गठे मंगलका दिन निकालेर गुँला पर्व शुरुवातको दिन निकाल्ने गरिन्छ र श्रावण शुल्क प्रतिपदा गुँला ध्व देखी बाजा बजाउन शुरु गरिने शाक्यले बताए । नेवार समुदायका गोपीहरुले पानीका मुहानहरुमा पुजा गरी परिक्रमा गर्ने चलन रहेको र असार भरी पानी परेर थुनिएका मुहान ढल, कुलेसो, खोल्सो आदी यहि समयमा खोल्ने गरिएको छ । प्राकृतिक विपत्तिमा कोहि पनि नपरुन्, रोग व्याधि नफैलियोस् भनि सामाजिक दुरी कायम गरी सञ्चालन गरिएको शाक्यले वताउनु भयो ।









