नमोबुद्ध/रोटरी क्लब अफ काठमाडौं हाईटको अध्यक्षमा रोटरियन सचिन अवालेले पदभार ग्रहण गर्नु भएको छ ।
३ अगस्ट २०२० मा (चार्टर) स्थापना भई बिभिन्न सामाजिक कार्य गर्दै आएको रोटरी क्लबले चार्टर डे अथार्त स्थापना दिवश र पदस्थापना कार्यक्रमलाई संयुक्त रुपमा मनाएको हो । कार्यक्रममा नवनियुक्त अध्यक्ष सचिन अवालेले भाबी योजना, नीति तथा कार्यक्रम पेश गर्नु भएको थियो । पदस्थापन कार्यक्रम बोल्दै अध्यक्ष अवालेले क्लबले बर्ष २०२०/०२१ मा गरेका कार्यको निरन्तरता र आवश्यकता केन्द्रीत सामाजिक कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता ब्यक्त गर्नु भयो । कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष समिर नेपालले बर्षिक प्रतिबेदन पेश गर्नु भएको थियो । साथै बर्ष भरी क्लबलाई सहयोग गर्ने सम्पूर्ण संघ संस्था, ब्यक्ति तथा सम्पूर्ण क्लबका सदस्यहरुलाई सम्मानित गर्नु भएको थियो ।
रोटरी डिस्ट्रीक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर सन्तोष रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा डिस्ट्रीक्ट गभर्नर इलेक्ट जितेन्द्र बहादुर राजभण्डारी, डिस्ट्रीक्ट गभर्नर नोमिनी राजेन्द्र धाेंजु, निवर्तमान डिस्ट्रिक्ट गभर्नर राजिव पोख्रेल, एसिस्टेन्ट डिस्ट्रिक्ट गभर्नर सुरेन्द्र शाही ठकुरी लगायतको उपस्थिति रहेको थियो । संस्थापक अध्यक्ष समिर नेपाललाई सफल कार्यकालका लागि बधाई तथा धन्यबाद दिदै अध्यक्ष अवालेलाई पद तथा गोपनीयताको सपथ खुवाउँदै डिस्ट्रिक गर्भनर रिजालले क्लबले रोटरी डिस्ट्रिक्टले लिएको वातावरण संरक्षण, महिला शिक्षा, जिविकोपर्जन, स्वास्थ्य जस्ता कार्यक्रमहरु मार्फत सम्बृद्ध समाज निर्माणमा सहयोग गर्ने आशा ब्यक्त गर्नुभयो । कार्यक्रममा आगामी बर्षका अध्यक्ष राजाराम जोशीको स्वागत मन्तब्य रहेको थियो भने सचिब मन्जुषा श्रेष्ठले कार्यक्रम संचालन गर्नुभएको थियो ।









