बनेपा/बनेपाको चारदोबाटो देखी गोदामचोकसम्म र गणेशस्थानसम्मको अब्यवस्थित पार्किङ्गलाई ब्यबस्थित गर्न वडा अध्यक्ष वर्ण शाक्यको अध्यक्षतामा छलफल सम्पन्न भएको छ ।
जिल्ला ट्राफिक कार्यालय काभ्रेका प्रमुख प्रमिला श्रेष्ठ, प्र.ना.नि. चन्द्र श्रेष्ठ, काभ्रे पुण्यवती यातायात सेवा प्रा.लि.का अध्यक्ष राजेश सुन्दर सैजू, कार्यालय प्रमुख शुभराज जोशी, वडा सचिब कृष्ण श्रेष्ठ, वडा सदस्यहरु स्थानिय सरोकारवालाको उपस्थीतिमा छलफल भएको थियो । छलफल पछि आगामी भदौ १ गते देखी चारदोबाटो देखी गोदाम चोकसम्म एकतर्फी मात्र सवारी पार्किङ्ग गर्ने, विगत देखी पनौती रुटमा सञ्चालन हुने मिनिबसलाई गोदाम चोकमा रोकी यात्रु चढाउने र ओराल्ने गर्ने, हस्पिटल जाने सडकमा सवारी पार्किङ्ग गर्न नदिने लगायतको निर्णय भएको वडा अध्यक्ष वर्ण शाक्यले वताउनु भयो । शाक्यले अरनिको हाईवेको सर्भिस ट्रयाक केहि समयमा नै कालोपत्रे सम्पन्न भएपछि थप ब्यबस्थित गर्ने बताउनु भयो । अब्यबस्थित पार्किङ्ग तथा फुटपाथ ब्यबस्थापनका लागि स्थानियहरुले सहयोग गर्नुपर्ने उहाँले बताउनु भयो । नगरपालिका, वडा र ट्राफिक एक्लैले सम्भव नभएकाले सबै क्षेत्रबाट सहयोग गरी नगरलाई ब्यबस्थित गर्नुपर्ने बताउनु भयो । छलफल पछि आगामी भदौ १ गतेबाट उक्त क्षेत्रमा कडाईका साथ लागु गर्ने र अटेर गर्नेलाई कानुन अनुसार कारवाही गर्ने वडा अध्यक्ष शाक्यले बताउनु भयो ।









