बनेपा/बनेपा नगरपालिकाले कृषकहरूलाई कृषि औजार वितरण गरेको छ । आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक कार्यक्रम अन्र्तगत उक्त सामाग्रीहरु वितरण गरेको हो ।
कृषि औजाहरु मध्ये हाते ट्रयाक्टर २० वटा, मकै छोडाउने मेसिन ३ सय ६२ थान, बिषादी छर्ने मेशिन ३ सय६२ थान, धान झार्ने मेशिन १ सय ६ थान, सिलपोनिक प्लास्टिक १८ थान, टनेल प्लाष्टिक ३ सय ३४ थान, सुधारिएको आरनमा आगो फुक्ने मेशिन ८ थान, पानी तान्ने पम्प ७ थान वितरण गरेको नगरपालिकाले जनाएको छ । नगर प्रमुख लक्ष्मी नरसिंह वादेले कृषकहरुलाई आत्मर्निर्भर बनाउँदै उत्पादन बृद्धि गर्न सामाग्रीहरु वितरण गरिएको उहाँले बताउनु भयो । नगरवासीहरुको स्वास्थ्य, शिक्षा सँगै आर्थिक क्षेत्रमा समेत बृद्धि गरी स्वरोजगार उन्मुख हुने उहाँले विश्वास गर्नु भएको थियो । नगरले ४० वर्षमा गर्न नसकेको काम नगरले ४ वर्षम सम्पन्न गरेको उहाँले बताउनु भयो । जनताले दिएको विश्वास मर्न नदिने बताउँदै नगर प्रमुख वादेले निर्वाचनमा गरेको प्रतिबद्धताहरु ८० प्रतिशत पूरा भएका र बाँकी छिट्टै पूरा हुने बादेले बताउनु भयो ।
कार्यक्रममा उपप्रमुख रेखा सापकोटा दाहालले किसानहरुका लागी बाली बिरुवामा लाग्ने किराको औषधी, धानको विउ, तरकारीको विउ, गोठ सुधार, तरकारी संकलन क्रेट जस्ता कार्यक्रमहरु गर्दै आएको बताउनु भयो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेती, वडा अध्यक्ष शिव कुमार थापा, कृषि शाखा प्रमुख मुकुन्द केसी, बरिष्ठ राजश्व अधिकृत धुर्वराज नेपाल, प्रशासन प्रमुख जुजुभाई सुद्धाकार, नेपाल कृषि प्राविधिक कमला बन्जारा हुमागाई लगायतको सहभागिता रहेको थियो ।









