कुशादेवी/रोटरी क्लब अफ काभ्रे भ्याली र पनौती स्थित रोटरी सामुदायिक संघ (आरसिसी) कुशादेवीको संयुक्त आयोजनामा, डिभिजन वन कार्यालय, रोटरी क्लव अफ धुलिखेल, रोट¥याक्ट क्लब अफ पनौती, रोट¥याक्ट क्लब अफ काठमाडौँ विश्वविद्यालय मेडिकल स्कुल, अन्तेटार सामुदायिक वन तथा पातिखोरिया कृषि सहकारीको सहयोगमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
रोटरी क्लब अफ काभ्रे भ्यालीको महत्वपूर्ण परियोजना वन तथा वातावरण संरक्षण रहेको छ । यसै अन्र्तगत ‘गो ग्रीन’ भन्ने अभियानका साथ पनौतीको कुशाादेवी स्थित अन्तेटार सामुदायिक वनमा रिठ्ठा, धुपी, तेजपत्ता र मसला लगायतका तीन सय विरुवाहरु बृक्षारोपण गरिएको थियो । लब्सी, ओखर, लिची र कागती गरि एक सयवटा फलफुलका विरुवाहरु सामुदायिक वनका उपभोक्ताहरुलाई वितरण गरिएको थियो । बृक्षारोपण कार्यक्रममा प्रमुख अतिथि अन्तेटार सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष दानबहादुर थापा, रोटरी क्लब अफ काभ्रे भ्यालीका अध्यक्ष अनुपकुमार श्रेष्ठ, रोटरी क्लव अफ धुलिखेलका अशोक श्रेष्ठ र मनिष योगल, रोटरी क्लब अफ काभ्रे भ्यालीका रिकेश कायस्थ, निशान सापकोटा, संगीता मानन्धर, अजय हुमागाई तथा अन्य रोट्¥याक्ट क्लब तथा आरसीसी लगायतका सदस्यहरुको सक्रृय सहभागिता रहेको थियो । आउँदो शनिबार रविओपि स्थित सामुदायिक वनमा वृक्षारोपण गर्न लागिएको अध्यक्ष अनुपकुमार श्रेष्ठले जानकारी दिनुभयो ।









