अन्तेटारमा बृक्षारोपण
बनेपा/रोट-याक क्लब अफ काठमाडौ युनिभर्सिटी र द राइजिङ भ्यु टावरले संयुक्त रुपमा मानव सेवा समाज धुलिखेलका ५० भन्दा बढीलाई साउन १५ को अवसर पारी खिर, तरकारी, अचार, पुरी खुवाएको छ । मानव सेवा समाजले विगत बर्षदेखि सडकमा रहेका मानवहरुलाई उद्धार गरी पुनस्र्थापना गर्दै आएको छ ।
उक्त अवसरमा समाजका लागी ७५ ओटा स्टिलको प्लेट र केही आर्थिक सहयोग समेत गरेको रोटरी क्लब अफ काभ्रे भ्यालीका अध्यक्ष अनुप श्रेष्ठले जानकारी दिनुभयो । यसअघि उक्त क्लबहरुले धुलिखेलको चौकोट डाँडा, बनेपाको गोसाईस्थान र पनौतीको विभिन्न स्थानमा बृक्षारोपण गरेको थियो । आँप, लिची, कागती लगायत ३ सय विरुवा गत शिनबार पनौतीको कुशादेवी स्थित अन्तेटारमा बृक्षारोपण गरिएको छ ।









