बनेपा/जेष्ठ नागरिकको सम्मानः सभ्यताको पहिचान भन्ने नाराका साथ बनेपा नगरपालिकाले ८८ देखि ९० वर्ष उमेर समुहका जेष्ठ नागरिकहरूलाई सम्मान गरेको छ ।
नगरपालिकाका १४ वटै वडाका जेष्ठ नागरीकहरुलाई सम्मान गरिएको नगर प्रमुख लक्ष्मी नरसिं वादेले बताउनु भयो । जेष्ठ नागरिक भनेका हाम्रा अभिभावकसँगै भगवान भएकाले सबैले सम्मान गर्नुपर्ने बादेले बताउनु भयो । वादेले उक्त उमेर समुह भनेको परिवारको माया धेरै चाहिने भएकाले सोहि अनुसारको ब्यवहार गर्न परिवारलाई आग्रह गर्नु भएको थियो । कार्यक्रममा जेष्ठ नागरीकहरुलाई विगतका वर्षहरु देखी विभिन्न कार्यक्रम गरी सम्मान गर्दे आएको समेत बादेले वताउनु भयो । कार्यक्रममा नगरपालिका उपप्रमुख रेखा सापकोटा दाहालले नगरपालिकाले विगतदेखि नगरवासीहरुको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया सेवा सञ्चालन गर्दै आएको छ र महिलाहरुको पाठेघर जाँच लगायत स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको बताउनु भयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेती, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, महिला तथा बालबालिका शाखा अधिकृत बिजया सुवेदी, महिला निरिक्षक निर्मला कार्की लगायतको सहभागिता रहेको थियो । नगरका ६८ जना जेष्ठ नागरिकलाई नगरपालिका, बाँस्डोल र नालमा सम्मान गरिएको थियो ।









