2026 April 24/ 04:03: 02am

    पनौती/रोटरी क्लब अफ पनौतीको छैंठौं पदस्थापना समारोह निवर्तमान रोटरी डिष्ट्रिक्टर गभर्नर राजीव पोखरेलको प्रमुख आतिथ्यता र पनौती नगरपालिकाका मेयर भीम न्यौपानेको विशेष आतथ्यितामा सम्पन्न भएको छ । 
    प्रमुख अतिथि पोखरेलले रोटरी क्बल अफ पनौतीका नयाँ अध्यक्ष (२०२१–२२) सितु सैंजुलाई रोटरीको बिधान अनुसार शपथ गराउनु भएको थियो । सैंजुले समितिका पदाधिकारीहरुलाई शपथ गराएका थिए । कार्यक्रममा नयाँ अध्यक्ष सैंजुले वर्ष २०२१–२२ का लागि आफ्नो दृष्टिकोणको बारेमा जानकारी दिनुहुँदै समुदायको लागि काम गर्ने प्रयासमा सहयोग गर्न र सामेल हुन क्लबका सदस्यहरूलाई अनुरोध गर्नुभयो ।
    क्लबका निवर्तमान अध्यक्ष डा. अनुप थापाले आफ्नो कार्यकालमा भएका क्रियाकलाप एवं उपलब्धिहरुलाई प्रस्तुत गर्नु भयो । अध्यक्ष सैंजुलाई चार्टर प्रमाणपत्र, रोटरी अध्यक्षीय माला र ग्याबेल हस्तान्तरण गर्नुभयो । निवर्तमान प्रथम महिला इन्दु थापाले वर्ष २०२१–२२ की फस्र्ट लेडी सबिता श्रेष्ठलाई फूलगुच्छा सहित स्वागत गर्नुभयो । कोभिड–१९ संक्रमणका कारण क्लबले यस अघिका दुई कार्यकालहरुमा भौतिक रुपमा पदस्थापन कार्यक्रम गर्न सकेको थिएन । सोही अवस्थाले गर्दा रोटरी वर्ष २०१९–२० का अध्यक्ष रोटरीयन डा. प्रकाश कुइँकेलले तथा रोटरी वर्ष २०२०–२१ का अध्यक्ष डा. अनुप थापाले तत्कालीन बोर्डमा रहनु भएका पदाधिकारीहरुलाई मायाको चिनो प्रदान गर्दै आ–आफ्नो कार्यकाल सफल पार्न सघाउनु भएकोमा धन्यवाद व्यक्त गर्नु भयो । 
    कार्यक्रममा प्रमुख अतिथी राजीव पोखरेल, डिष्ट्रिक्ट सेक्रेटरी रोटरियन प्रभात योन्जन, असिस्टेन्ट गभर्नर रोटरियन शशी सत्याल, पनौतीका मेयर एवं क्लबका मानार्थ सदस्य भीम न्यौपानले मन्तब्य राख्नु भएको थियो । डा. प्रकाश कुइँकेलले कार्यक्रम संचालन गर्नुभएको कार्यक्रममा क्लबका वर्ष २०२२/२३ का अध्यक्ष मधुसुधन गुरागाईंले स्वागत तथा चार्टर अध्यक्ष प्रा.डा. सुमनराज ताम्राकारले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।