बनेपा/काभ्रे कराँते एकेडेमीको तेश्रो अधिबेशन सम्पन्न भएको छ । अधिबेशनबाट गौतम मानन्धरको अध्यक्षतामा नयाँ समिति गठन भएको छ । गुरु पुर्णिमाको अवसर पारी आयोजना गरिएको अधिबेशनमा मानन्धर निर्विरोध निर्वाचित भएका थिए ।
समितिको उपाध्यक्ष राजन मानन्धर, दिपक पण्डित, रणबहादुर तामाङ रहनु भएको छ । महासचिव श्यामसुन्दर कुँवर, कोषाध्यक्ष बलराम मानन्धर, सचिव बासु कार्की, सह कोषाध्यक्ष रामेश्वरी मानन्धर रहेका छन् । सदस्यहरुमा बेलकुमार घलान, हरी ठकुरी, नविन नापित, रामसुन्दर कुँवर, कविरकुमार रञ्जित, विमल श्रष्ठ, इशा श्रेष्ठ र राजेन्द्र आचार्य रहनु भएको छ । कार्यक्रममा एकेडेकमीका प्रमुख सल्लाहकार एवं यातायात ब्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा काभ्रे कराँते संघका अध्यक्ष प्रताप बैद्य, संस्थापक राजेन्द्र कपाली, काभ्रे बस प्रालीका अध्यक्ष वर्ण शाक्य, हेलम्वु यातायात सेवा प्रालीका अध्यक्ष राजेशकुमार श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।









