2026 April 24/ 04:03: 12am

    पनौती/तेजगग्गा बहुमुखी क्याम्पस पनौतीमा चालु शैक्षिकसत्रबाट स्नाकोत्तर तहमा एम.बि एसका कार्यक्रम सञ्चालन हुने भएका छन् । 
    क्याम्पस प्रमुख डा.अम्बुभवानी कार्कीले चालु वर्षदेखी क्याम्पसमा उक्त एम वि एसका कार्यक्रम सञ्चालन गर्न स्वीकृत पाएको बताउनु भयो । कलेजमा कक्षा ११ देखी मास्टर डिग्री सम्मका कक्षाहरु अध्ययन हुदै आएकोमा यसै बर्षबाट उक्त ंसंकाय थप गरिएको उहाँले बताउनु भयो । पनौती नगरपालिका तथा आसपासका गाउँपालिकाका विद्यार्थीहरुका सहज भएको बताउनु भयो । जिल्लाकै उत्कृष्ट कलेजका रुपमा रहेको तेजगंगा क्याम्पसमा स्थापना देखी नै गुणस्तरीय शिक्षा प्रदान हुदैे आईरहेको छ । महिलाको नेतृत्वमा सञ्चालित नेपालकै एक मात्र क्याम्पसमा विभिन्न विषयका पढाईहरु हुदै आएको छ ।