2026 April 24/ 04:03: 00am

मल्पी/पनौती नगरपालिको सहयोगमा मल्पी युनियन ब्वाइजको क्लबको सक्रियतामा साविक वडा कार्यालय मल्पी चोक प्रतिष्ठान र साझा भवन ट्रस्ट उपभोक्ता समिति गठन भएको छ । 
पनौती नगरपालिकाका उपप्रमुख गीता बञ्जाराको प्रमुख आतिथ्यतामा उक्त उपभोक्ता समितिको गठन भएको हो । समितिले वडा अध्यक्ष केशव बञ्जारा तथा वडा सचिव भगवान बस्नेतको रोहवरमा ९ सदस्यीय कार्यसमिति र ७ सदस्यीय अनुगमन समितिको गठन गरेको छ । शम्भु के राउत अध्यक्ष रहेको कार्यसमितिमा कोषाध्यक्ष मनोज राउत, सचिव पार्वती आचार्य राउत र सदस्यहरुमा केशव राउत, रविन्द्र राउत, पार्वती महत, बालन महत, गंगा महत र भावना अधिकारी रहेका छन् भने अनुगमन समितिमा द्धार्ण राउत, कुमार राउत, रुद्रबहादुर राउत, शम्भु राउत, राजेन्द्र महत, सुदन महत र तिलोचन केसी बन्जारा रहेका छन् । त्यसैगरी प्रदिप थापा अध्यक्ष रहेको कार्यसमितिमा कोषाध्यक्ष मनोहर महत, सचिव लक्ष्मी महत, र सदस्यहरुमा सन्तोष महत, दिपककुमार केसी, रुपेश महत, सरोज बस्नेत, सुदर्शन राउत र सन्तोष राउत रहेका छन् भने अनुगमन समितिमा पशुराम हुमागाई, भिमबहादुर विसंखी, सावित्रा महत, प्रल्हाद राउत, विदुर राउत, सन्तोषी बस्नेत र कृष्णबहादुर विसंखी रहेका छन् ।