2026 April 24/ 04:03: 11am

बनेपा/बनेपा नगरपालिकाले दलित र जनजाती लक्षित कार्यक्रम अन्तर्गत बाख्राका पाठी, सिलाई मेसिन तथा जुत्ता सिलाउने मेसिन वितरण गरेको छ । 
नगर प्रमुख लक्ष्मी नरसिंह वादे श्रेष्ठले नगरले वितरण गरेका सामानहरुको सहि सदुपयोग गर्न आग्रह गर्नु भएको थियो । कार्यक्रममा बादेले दलित जनजातीहरुलाई समेटी आर्थिक उपार्जनका लागी थप सहयोग भन्ने उद्देश्यले उक्त सामानहरु वितरण गरेको बताउनु भयो । नगरले यसअघि पनि नगरका विपन्न वर्गलाई पाठी, थोरे, कृषकहरुलाई कृषि औजार वितरण गरिएको बताउनु भयो । कार्यक्रममा उप–प्रमुख रेखा सापकोटा दाहालले प्रत्येक वडा, नगर प्रदेश र सघंमा दलित, जनताजाती अनिवार्य गरेकाले आफु पनि सक्षम हुनुपर्ने बताउनु भयो । राज्यले दिएर मात्र नभई आफ्नो क्षमता बढाउन समेत आग्रह गर्नु भएको थियो । राज्यले अनिवार्य गरेको छ त्यासलाई सहि सदुपयोग गरी अगाडी बढेन सुझाव दिनु भएको थियो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेती, वडा अध्यक्ष, कार्यपालिका सदस्य लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा स्वागत मन्तब्य कार्यपालिका सदस्य तेज नेपालीले गर्नु भएको थियो । कार्यक्रममा १ सय १७ जना लाई सामान वितरण गरिएको बताएको थियो । कार्यक्रम सञ्चालन सामाजिक विकास अधिकृत चिरञ्जीवी अर्यालले गर्नु भएको थियो ।