जनागाल/बनेपा नगरपालिका वडा नम्बर १० बाहुनडाँडामा रहेको राधाकृष्ण मन्दिरको उद्घाटन गरिएको छ । मन्दिरको उद्घाटन बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिं बादेले गर्नु भएको हो ।
बनेपा नगरपालिका र स्थानियवासीहरुको सहभागीतामा राधाकृष्ण मन्दिर र मूर्तिको प्राणप्रतिष्ठा निर्माण गरिएको कार्यक्रम संयोजक यादव थापाले बताउनु भयो । मन्दिरको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी तथा नगर प्रमुख बादेले निर्वाचनका गरेका प्रतिबद्धता पूरा हुदै गएको बताउनु भयो । प्रत्येक टोल टोलमा पक्की सडक, खानेपानी, मठ मन्दिर सिपमूलक तालिम प्रदान गरिएको र विकासका काम पूरा हुदै गएको बताउनु भयो । नगरका १४ वटै वडामा ४० वर्षमा हुन नसकेका कामहरु ४ वर्षमा पूरा भएको बताउनु भयो । सबै जातजाती, धर्म कर्म समान रहेकाले सबै समान रहेकाले नगरले समान रुपमा हेर्ने बताउनु भयो ।
कार्यक्रममा कार्यक्रमका विशेष अतिथि उप–प्रमुख रेखा सापकोटा दाहालले महिलाहरुको सक्रियतामा उक्त मन्दिर, पाटी निर्माण गर्न ठुलो भुमिका निभाएकाले नगरपालिकाले समेत भौतीक निमार्णमा सघाउने बताउनु भयो । नगरले प्रत्येक वडामा महिला विशेष कार्यक्रमका लागी बजेट विनियोजन गरेकाले विविन्न तालिम, नेतृत्व विकास सम्बन्धी तालिम प्रदान गरिने बताउनु भयो । महिलालाई धेरै अधिकार र अवसर भएकाले सहि सदुपयोग गर्न आग्रह गर्नु भएको थियो । कार्यक्रममा वडा अध्यक्ष चन्द्र बहादुर खड्काले वडामा विकासका कामहरु अन्तिम चरणमा पुगेको बताउनु भयो । विशेषगरी खानेपानीको ६० प्रतिशत पूरा भई यो वर्ष १ घर १ धार पूरा हुने बताउनु भयो ।
त्यसैगरी कार्यक्रमका संयोजक यादव थापाले उक्त मन्दिर निमार्णका लागी विभिन्न व्यक्ति तथा संस्थाहरुको सहयोगबाट निर्माण सम्पन्न भएको बताउनु भयो । कार्यक्रममा सहयोगी ब्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो । कार्यक्रम निर्माण उपभोक्ता समितिका अध्यक्ष नर्वदा न्यौपानेको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी जनागाल उपशाखा सभापति सानुभाई विष्ट, जनज्योती माविका प्राध्यानाध्यापक एम लामिछाने स्थानिय ब्यक्तिहरुको सहभागिता रहेको थियो ।









