2026 April 24/ 04:03: 11am

निरञ्जन गेलाल/रविओपी
    धुलिखेल नगरपालिका वडा नम्वर २ ले जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । उपप्रमुख विमला शर्मा, प्रमुख प्रशासकिय अधिकृत तारानाथ लुईटेल, वडा अध्यक्ष देवप्रसाद कोईराला, जनप्रतिनिधि र कर्मचारीहरुले सम्मान गर्नु भएको थियो । 
    कार्यक्रममा वडा भित्र रहेका १ सय २० जना जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो । वडा कार्यालयले जेष्ठ नागरिकहरुलाई एक जोर कपडा, दोसल्ला, खाद्यान्नका केहि सामाग्री र लामखुट्टे रहित झुल उपलब्ध गराएको छ । कार्यक्रममा बोल्दै उपप्रमुख विमला शर्माले नगरपालिकाले जेष्ठ नागरिक, असहाय तथा अशक्त नागरिक र गरिव तथा सुकुम्बासीहरुलाई सहयोग गर्दै आएको बताउनु भयो । वडा अध्यक्ष देवप्रसाद कोईरालाले जेष्ठ नागरिकहरुको सम्मानले आउँदो पुस्ताका लागि पनि सहज हुने बताउनु भयो । कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।