निरञ्जन गेलाल/रविओपी
जिल्लामा धेरै उत्पादन गरी विक्री गर्दै आएको धुलिखेल नगरपालिका वडा नम्वर २ रविओपीका कृषकहरुलाई प्रदेश सरकारको अनुदान सेतीदेवी दुग्ध सहकारीका कृषकहरुलाई वितरण गरिएको छ ।
अध्यक्ष चतुर्भुज तिमल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सरकारको तर्फबाट पशुपंक्षी तथा मत्यसे विकास निर्देशनालयका निर्देशक डा. रामप्रकाश प्रधानले कृषकहरुलाई नगदै रकम वितरण गर्नु भएको थियो । गत वर्ष प्रदेश सरकारले कृषकहरुलाई प्रोत्साहन स्वरुप प्रति लिटर १ रुपैयाका दरले सहुलियत अनुदान उपलब्ध गराएको थियो भने यो वर्ष प्रति लिटर २ रुपैयाँका दरले अनुदान उपलब्ध गराएको छ । सहकारीले विक्री गरेको दुध बापत ३५ लाख ३५ हजार प्राप्त गरेको छ । सहकारीमा धेरै दुग्ध विक्री गर्ने जगन्नाथ ढुंगानाले २१ हजार लिटर दुध विक्री गरेका थिए । उनले नगद ४२ हजार प्राप्त गरेका छन् । नियमित दुग्ध उत्पादन गर्ने कृषकहरुका लागि प्रदेश सरकारको अनुदानले थप हौसला मिलेको अध्यक्ष चर्तुभुज तिमल्सिनाले बताउनु भयो । सेतिदेवी दुग्ध सहकारी दुध उत्पादन मात्रै नभई गुणस्तरीय दुध उत्पादन गर्दै आउने सहकारीहरुमा अग्रणी पर्दछ । कार्यक्रममा वडा अध्यक्ष देवप्रसाद कोईराला, ब्यवस्थापक हरिहर अधिकारी, दिपक ढोडारी लगायतले सेतिदेवी सहकारीले कृषकहरुको हक हितका लागि उपलब्ध गराएको सेवा सुविधाका बारेमा मन्तब्य राख्नु भएको थियो ।









