बनेपा/काभ्रेपलाञ्चोक जिल्लामा लामो समय देखि मोबाईल तथा मोबाईलसँग सम्वन्धित ब्यवसाय गर्ने ब्यवसायीहरुको छाता संगठन काभ्रे मोबाइल व्यवसायी संघ गठन भएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेमा दर्ता भएको संघको तदर्थ समितिमा अध्यक्ष सत्य श्रेष्ठ रहनु भएको छ ।
मोबाईल ब्यवसायीहरुको हकहितका लागि गठन भएको उक्त संघको उपाध्यक्षमा प्रेम दाहाल, सचिव पवनराज कर्णजित, कोषाध्यक्ष मधुर दाहाल, सह सचिव अमिर रञ्जित, सह कोषाध्यक्ष विशाल ढकाल रहेका छन् । संघको सदस्यहरुमा सुजन ताम्राकार, रोशन श्रेष्ठ, दिपेन्द्र श्रेष्ठ रहनु भएको छ । संघले मोवाईल ब्यवसाय गर्ने सबै ब्यवसायीहरुलाई आबद्ध गरी ब्यवसायीहरुको हक हितका लागि काम गर्ने कोषाध्यक्ष मधुर दाहालले बताउनु भयो









