नाला/बनेपा न.पा. वडा नं.४ नाला, लागं टोल सोह्रखुट्टीमा अपरान्ह २ बजे उग्रचण्डी रामायण भजन मण्डल, नालाका अध्यक्ष स्व.मदतमान श्रेष्ठ र वहाँकी धर्मपत्नी स्व. चमेली श्रेष्ठको श्रद्धाञ्जली सभा उपाध्यक्ष बिकुनारायणण श्रेष्ठको सभापतित्व र रामायण भजन मण्डल केन्द्रका अध्यक्ष सुबर्ण चौप्रधानको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । उग्रचण्डी रामायण भजन मण्डल, नालाका सल्लाहकार सिद्धिबहादुर कर्माचार्यले (उद्घोषण) कार्यक्रम संचालन गर्नु भएको श्रद्धाञ्जली सभामा उग्रचण्डी रामायण भजन मण्डल, नालाका सचिव श्री चन्द्रलाल श्रेष्ठले स्वागत मन्तब्य दिनु भएको थियो ।
श्रद्धाञ्जली सभामा दिवंगत श्रद्धेय मदतमान र चमेली श्रेष्ठका छोराहरु डा.उत्सवमान श्रेष्ठ र प्रतिकमान श्रेष्ठ छोरीहरु भुवन देवी श्रेष्ठ,रमणीय देवी श्रेष्ठ, आर्जन श्रेष्ठ,अमन श्रेष्ठ,बिमन श्रेष्ठको उपस्थिति रहेको थियो ।
दिवंगत आत्माहरु प्रति सम्मान ब्यक्त गरेर उपस्थिति सम्पूर्ण सहभागीहरुले १ मिनट मौन धारण गर्नुको साथै
अध्यक्ष स्व.मदतमान श्रेष्ठ र वहाँकी धर्मपत्नी स्व. चमेली श्रेष्ठको तस्बीरमा श्रद्धाञ्जली माल्यार्पण र फूलको गुच्छा अर्पण गरिएको थियो । सल्लाहकार सिद्धिबहादुर कर्माचार्यले स्व.मदतमान श्रेष्ठ जीवनीको बारे चर्चा गर्नु भएर स्वर्गबासको समेत कामना गर्नु भएको उक्त श्रद्धाञ्जली सभामा भगवान खत्री, रामजी थापा श्रद्धाञ्जली मन्तब्य दिनु भएको थियो
प्रमुख अतिथि रामायण भजन मण्डल केन्द्रका अध्यक्ष सुबर्ण चौप्रधानबाट सभालाई सम्बोधन गर्नु भएर स्व.मदतमान श्रेष्ठले सभापतित्व गर्नु भएको उग्रचण्डी रामायण भजन मण्डलको गतिविधिलाई निरन्तरता र दिगो गर्नु सक्नु नै यथार्थमा यहाँ प्रतिको निष्ठावान श्रद्धाञ्जली हुने बताउनुभयो । स्व.मदतमान श्रेष्ठका सुपुत्री रमणीय देवी श्रेष्ठ कर्माचार्यले उग्रचण्डी रामायण भजन मण्डल,नालाले पिता मदतमान र माता चमेली श्रेष्ठको सम्झनामा श्रद्धाञ्जली सभाको आयोजना गरेर सम्मान ब्यक्त गर्नु भएको र सभामा उपस्थित हुनु भएका सम्पूर्ण महानुभावहरुलाई धन्यबाद व्यक्त गरे ।









