2026 April 24/ 04:03: 00am

    नाला/राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्वन्वयन ईकाई धुलिखेलको आयोजनामा बनेपा नगरपालिका वडा नम्बर ४ मा स्वास्थ्य चौकी भवन निर्माण हुने भएको छ ।
    भववनको शिलान्यास नगर प्रमुख लक्ष्मी नर्सिङ्ग बादेले गर्नु भएको छ ।  नगरका १४ वटै वडामा स्वास्थ्य चौकी भवनको निर्माण अन्तिम चरणमा पुगेको बताउनु भयो । नगरबासीहरुको स्वास्थ्यलाई ध्यानमा राखी प्रत्येक वडामा स्वास्थ्य चौकीलार्ई साउनबाट सञ्चालनमा ल्याउने वताउनु भयो । नगरले कोरना महामारीमा समेत नगरबासीहरुको निशुल्क उपचार गर्दै आएको बादेले बताउनु भयो । 
    भवन शिलान्यास कार्यक्रममा उपप्रमुख रेखा सापकोटा दाहाल, ३ नम्बर वडा अध्यक्ष कृष्णप्रसाद दाहाल ४ नम्बर वडा अध्यक्ष तथा प्रबक्ता श्यामसुन्दर श्रेष्ठ, १० नम्बर वडा अध्यक्ष चन्द्रबहादुर खड्का, ११ नम्बर वडा अध्यक्ष शिवकुमार थापा, कार्यपालिका सदस्य प्रमिला पाण्डे, वडा सदस्यहरू, स्थानीयहरुको सहभागिता रहेको थियो । भवनको लागत २ करोड ४६ लाखमा ८ कोठे २ तलाको बन्नेछ । भवन निर्माणको जिम्मा प्रतिष्ठा र शिवालय कम्पनीले पाएको छ । निर्माण कम्पनीका प्रोपाईटर रबिन्द्र गौतमले जिल्लामा ६ वटा स्वास्थ्य भवन बन्न लागेको बताउनु भयो ।