2026 April 24/ 04:02: 03am

    धुलिखेल/निषेधाज्ञामा पनि प्रहरीले अदालतबाट सजायँ तोकिएका फरार अपराधीहरुलाई पक्राउ गर्न छाडेको छैन । नियमित काम बाहेक प्रहरीले विभिन्न घटनामा संलग्न भई सजायँ भुक्तान गर्न बाँकी अपराधीहरुलाई पक्रााउ गर्न शुरु गरेको प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले बताउनु भयो । 
    फैसला कार्यन्वयनको सिलसिलामा कर्तब्य ज्यान मुद्दामा फरार भुम्लु गाउँपालिका वडा नम्वर ५ बस्ने ६१ बर्षिया देविमाया तामाङलाई प्रहरीले पक्राउ गरेको छ । २ वर्ष सजायँ भुक्तान गर्न बाँकी रहेको अवस्थामा इलाका प्रहरी कार्यालय कात्तिकेदउरालीका प्रहरी निरिक्षक अनिष बुढाथोकीको टोलीले उनलाई पक्राउ गरी अदालत बुझाएको थियो । २०७० साल चैत्र १० गते पुनरावेदन अदालत पाटनको फैसलाले उनलाई सजाँय सुनाईएको थियो । उनी फरार थिईन् ।