2026 April 24/ 03:27: 39am

    पनौती/रोटा वर्ष २०२१/२२ को पूर्वसन्ध्यामा रोटरी क्लब अफ पनौतीले भच्र्युअल रुपमा क्लबको संयुक्त सभा बसी छैठौं कार्यकारिणी समिति गठन गरेको छ । असिस्टेण्ट गभर्नर कौशलका साथै क्लबका लागि घोषित नयाँ असिस्टेण्ट गभर्नर शशि सत्यालको आतिथ्यतामा भएको बैठकमा सभापति डा. अनुपजङ्ग  थापाले कोरोना कहरका बीच आफ्नो कार्यकालमा भएका उपलब्धिको समीक्षा गर्दै आपूmलाई सघाएका सम्पूर्ण पदाधिकारी एवं सहयोगीहरुलाई धन्यवाद दिनुभयो । 
    रोटा वर्ष २०२१/२२ का लागि ई. सितू सैंजूको सभापतित्वमा प्रेसिडेण्ट ईलेक्ट मधुसुधन गुरागाईं, आईपीपी डा. अनुपजङ्ग थापा, प्रेसिडेण्ट नोमिनी डा. राजेन्द्र ताम्राकार, भाईस प्रेसिडेण्ट सुवेश ताम्राकार, सचिव विष्णुमणि अधिकारी, कोषाध्यक्ष कृष्णप्रसाद सैंजू, सर्जेण्ट अफ आर्मस् पवित्रा दाहाल, क्लब एडमिन चेयर डा. नारायण चरण श्रेष्ठ, मेम्बरशीप चेयर मञ्जु स्याउला, टीआरएफ चेयर डा.प्रकाश कुईंकेल, पब्लिक ईमेज चेयर प्रा.डा. सुमनराज ताम्राकार, सर्भिस प्रोजेक्ट चेयर ई. सुजित कर्माचार्य र युथ सर्भिस चेयर यतिराज अधिकारी रहेको नयाँ कार्यकारिणी समिति गठन गरिएको छ । बैठकमा नयाँ सभापति सितू सैंजूले आगामी वर्षका लागि लक्षित कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।  संचारकर्मी मधुसुधन गुरागाईंले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।