2026 April 24/ 03:27: 38am

बनेपा/बनेपा नगरपालिकाको सहयोगमा र काभ्रे बहिरा विकास संघको आयोजनामा समुदायमा आधारित पुनस्र्थापना कार्यक्रम अन्तर्गत १ हप्ते हाते बुनाई तथा सीप विकास तालिम सम्पन्न भएको छ । 
तालिमको समापन बनेपा नगरपालिका उपप्रमुख रेखा सापकोटा दाहालले गर्नुभयो । दाहालले उक्त तालिममले अपाङ्गताभएका ब्यक्तिहरुलाई सिप सिकाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने बताउनु भयो । नगरपालिकाले सबै अपाङ्गता भएका ब्यक्तिहरुको लागि बजेट नै व्यबस्थापन गरि थप सिपमूलक तालिमहरु प्रदान गर्ने बताउनु भयो । उनिहरुले गर्न सक्ने सिपमूलक तालिमलाई थप प्राथमिकतामा राख्ने बताउनु भयो । तालिम समापनमा प्रमुख प्रशासकिय अधिकृत कबिराज उप्रेती, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख बिजया सुवेदी, प्रशिक्षक तथा काभ्रे बहिरा विद्यालयकी प्रधानाध्यापक कृष्णप्यारी नकर्मी लगायतले सबै अपांगता भएका ब्यक्तिहरूलाई थप सिपमूलक तालिम प्रदान गरि उनिहरूबाट उत्पादन गरिएका सामानहरूलाई बजारमा सहजीकरण गर्ने  बताउनु भयको  थियो । तलिममा सबै वर्गका अपांगता भयका ब्यक्तिहरूलाई तालिम प्रदान गरिएको बताएको छ ।