2026 April 24/ 03:26: 47am

    बनेपा/बनेपा नगरपालिकाले नगरका कृषकलाई अनुदानमा मौरीघार गोला वितरण गरेको छ । नगरलाई मौरीपालनमा समेत ब्यबसायिक बनाउने उद्देश्यले कृषकलाई ७५ प्रतिशत अनुदानमा मौरी सहितको मौरीघार गोला वितरण गरेको हो । 
     चालु आर्थिक बर्षको कार्यक्रम अनुसार २४ वटा मौरीघार गोला वितरण गरिएको छ । कृषकहरुलाई नगरपालिकाका उपप्रमुख रेखा सापकोटा दाहालले हस्तान्तरण गर्नु भएको थियो । उपप्रमुख दाहालले कृषकलाई आत्मनिर्भर बनाउनका लागि मौरीघार वितरण गरिएको र आगामी बर्ष पनि यसले निरन्तरता पाउने बताउनु भयो ।  यस कार्यक्रमको प्रभावकारिता हेरेर आगामी बर्ष थप बजेटको व्यवस्थासहित कार्यक्रम अघि बढाउने जानकारी दाहालले बताउनु भयो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेतिले मौरी घार वितरणलाई थप गर्दे लैजाने बताउनु भयो । कृषकहरुको आयस्तरमा बृद्धि गर्नका लागी पशुपालन, कृषि खेती, विभिन्न सिपमूलक तालिमहरु नगरपालिकाले प्रदान गर्दे आएकाले सबै कृषकहरुले सहभागिता जनाउन आग्रह गर्नु भएको थियो । 
कार्यक्रममा कषि शाखा प्रमुख मुकुन्द केसी, प्राविधिक बच्चु वहादुर केसी, कमला हुमगाई बन्जारा, बरिष्ठ राजश्व प्रमुख धुर्बराज नेपाल, जनसम्पर्क अधिकृत जुजुभाई सुद्धाकार लगायतको सहभागिता रहेको थियो ।