2026 April 24/ 03:26: 48am

    पाँचखाल/पनौती नगरपालिकाले शुरु गरेको उन्नत जातका पाडी वितरण गर्ने कार्यक्रम नमोबुद्ध हुँदै पाँचखाल नगरपालिकामा पनि शुरु भएको छ । 
    पाँचखाल नगरपालिकाले नगरका कृषकहरुलाई आत्मनिर्भर बनाउन उन्नत जातका पाडी बितरण गरेको छ । लागत साझेदारीमा मध्यपहाडी लोकमार्ग दुग्ध उत्पादन कार्यक्रम अन्तरगत नगरपालिकाले ५ं० प्रतिशत अनुदानमा पाँचखाल नगरमा १ सय ५४ वटा पाडी बितरण गरिने नगरप्रमुख महेश खरेलले जानकारी दिए । 
    व्यवसायिक पशुपालनमा किसानलाई आकर्षित गर्न र किसानको आयस्तर वृद्धि गर्न अनुदानमा उन्नत जातको भैसी वितरण कार्य सुरु गरेको बताउँदै नगरप्रमुख खरेलले नगरभरिका किसानलाई आत्मनिर्भर बनाउने उदेश्य रहेको जानकारी दिए । नगरपालिकाले पहिलोचरणमा वडा नं ३ मा २५ वटा, वडा नं ५ मा ६० वटा, वडा नं ६ मा २५ तथा वडा नं १३ मा ४४ वटा पाडी बितरण गर्न लागेको छ । शनिवार एक कार्यक्रमका विच वडा नं ५ का कृषकहरुलाई ६० वटा पाडी बितरण गरिएको नगरका पशुविकास शाखा प्रमुख दत्तप्रसाद गौतमले जानकारी दिए । पाँचखाल वडा नं ५ को खावामा नगरप्रमुख महेश खरेलले कृषकहरुलाई पाडी वितरण गरेका थिए । कार्यक्रममा पाँचखाल वडा नं ५ का वडा अध्यक्ष बालकृष्ण सापकोटा, वडा सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।