धुलिखेल/जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बु लगायतका क्षेत्रमा भएको विपत्तमा सहयोग गर्ने उद्देश्यले नगद रकम हस्तान्तरण गरेको छ । समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीले सिन्धुपाल्चोक जिल्ला समन्वय समितिका प्रमुख गोपाल तामाङलाई नगद हस्तान्तरण गर्नु भएको हो ।
विहिबार जिल्ला समन्वय समिति काभ्रेले समन्वय समिति प्रमुख उद्धव केसीले कार्यकक्षमै सिन्धुपाल्चोक प्रमुख गोपाल तामाङलाई नगद १ लाख रुपैयाको चेक हस्तान्तरण गर्नु भएको थियो । समन्वय अधिकारी केशव रिजालले समन्वय समितिको बोर्ड बैठकले उक्त रकम हस्तान्तरण गर्ने निर्णय गरेको जानकारी दिनु भयो । सिन्धुपाल्चोक जिल्लाका विभिन्न स्थानमा असार १ गते गएको बाढी पहिरोका कारण सयौ परिवार विस्थापित भएका छन् । जिल्लाका केहि पालिकाहरुले उक्त स्थानको क्षतिका लागि सहयोग पु-याउने उदेश्यले रकम हस्तान्तरण गरेका छन् ।









