2026 April 24/ 02:21: 49am

बनेपा/कोरोनाको दोस्रो लहरपछि बनेपाका केही सकृय युवाहरुले कोभिड–१९ वारियर्स समूह बनाई समाजमा कोभिड–१९ बाट कसरी बच्न सकिन्छ भनेर जनचेतना जगाउने कार्य सुरु गरेका थिए ।
उक्त समुहले सरोकारवालाहरु जनप्रतिनिधि, डाक्टर, राजनीतिज्ञ, पत्रकार, स्थानिय निकायका कर्मचारीहरु र अन्य सम्वन्धित संघ संस्थाहरुसँग अनलाईन प्लेटफर्म  मार्फत बैशाख २७ गतेबाट सुरु गरि १ महिना दैनिक रुपमा अनतक्र्रिया र छलफल गरेका थिए  । अन्तक्र्रिया र छलफलहरु विशेष गरेर कोभिड नियन्त्रण र महामारीमा अस्पताल र स्थानिय सरकारको  भूमिकाको विषयमा केन्द्रित रहेको थियो । बनेपामा रहेका सामाजिक संस्थाहरुको सहकार्यमा बनेपा नगरपालिकालाई कोभिडको दोश्रो लहरको सुरुवाती दिनमा नै कोरोना फैलिन नदिनको निमित्त उचित कदम चाल्न अनुरोध गरिएको थियो । उक्त अनुरोधलाई समेत नगरपालिकाले सुझावका रुपमा लिई सरोकारवालाहरु सँग छलफल पछि नगरपालिका सिल गरि कोरोना नियन्त्रणलाई सहजीकरण गरिएको थियो । 
उक्त कदम पछि छिमेकी नगरपालिकाहरुले पनि अनुसरण गरे कोरोना महामारीलाई रोकथाम र प्रचार प्रसारलाई तिब्रता दिएका थिए । युवाहरुले शुरु गरेका उक्त अनलाईन कार्यक्रम मार्फत अस्पताल र सर्वसाधारणले एक अर्कालाई चिन्ने मौका मिलेका र सम्बन्ध गाँस्ने माध्य बनेको सन्जीव मानन्धरले बताउनु भयो । उक्त समुहले केही रकम जम्मा पारी शिर मेमोरियल अस्पतालमा स्वास्थय सामग्री किनेर हस्तान्तरण तथा विपन्न परिवाहरुलाई राहत वितरण गरेका थिए । उक्त समुहले व्यापारी, व्यवसायी तथा अन्य सरोकारवालाहरुलाई अस्पताललाई सहयोग गर्न र बनेपा नगरपालिकालाई कोभिडको सहज र सिघ्र परिक्षणको लागि एऋच् टेस्ट मेसिन स्थापना गर्नको लागि पनि अनुरोध गरेका थिए । समुहले शिर मेमोरियल अस्पातलमा अक्सिजन प्लान्ट, अक्सिजन कन्सन्ट्रेटर, एचडीयू यूनिट, आईसीयू, र भेन्टीलेटर एवं सर्वसाधारण विरामीको सहजताको लागि लिफ्ट र विरामीको सहजताको लागि याम्प स्थापनाको लागि समग्र नगरबासीलाई अपिल गरेका छन । शिर मेमोरियलमा रहेका कोरोना विरामीहरुलाई पौष्टिक खानाको लागि उक्त समूह मार्फत अपिल गरेका थिए र जसको फलस्वरुप शिर मेमोरियल हस्पिटलका बिरामीहरुलाई दिनहुँ, विभिन्न संघमा आबद्ध सदस्यहरुले खाना खुवाउने कार्य जारी रहेको जनाएको  छ ।